default_image

7 months ago

December 27, 2023

एल्गरको सानदार शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको अग्रता

923 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याटर डिएन एल्गरको सानदार शतकमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा भारतविरुद्ध अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा दक्षिण अफ्रिका पहिलो इनिङमा ६६ ओभरमा ५ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको छ । दक्षिण अफ्रिका ११ रनले अघि छ ।


दक्षिण अफ्रिकाका डिएन एल्गर २ सय ११ बलमा २३ चौकासहित १ सय ४० रनमा क्रिजमा छन् । डेविड बेडिंघम ८७ बलमा ७ चौका र २ छक्कासहित ५६ रनमा आउट भए ।

डेब्यू खेल खेलेका डेविड शिराजको बलमा बोल्ड आउट भएका थिए । एडेन माक्ररम ५, टोनी डी जोर्जी २८ र केगन पिटरसनले २ रन बनाए । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले समान दुई विकेट लिएका छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २ सय ४५ रनमा अल आउट भएको थियो । भारतका लोकेश राहुलले १ सय ३७ बलमा १४ चौका र ४ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । उनी तीव्र गतिका बलर नान्द्रे बर्गरको बलमा बोल्ड आउट भएका थिए ।

विराट कोहलीले ६४ बलमा ५ चौकासहित ३८ रन बनाए । ओपनर यशस्वी जैसवाल १७, रोहित शर्मा ५, शुभमन गिल २, श्रेयस ऐर ३१, रविन्द्रन आश्विन ८, शार्दुल ठाकुर २४, जस्प्रित बुमराह १ र मोहम्मद शिराज ५ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक पाँच विकेट लिए । डेब्यू खेल खेलेका नान्द्रे बर्गरले ३, मार्को यानसन र जेराल्ड काट्जीले १-१ विकेट लिए ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.