default_image

2 years ago

December 28, 2023

रुविना र काजोलको अर्धशतकमा कोशी प्लेअफमा

685 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तथा कप्तान रुविना क्षेत्री बेलबासे र विकेटकिपर काजोल श्रेष्ठको अर्धशतकमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको छ । पाँचौं जितका साथ कोशीले प्लेअफ पक्का गरेको छ । त्यस्तै शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना मजबुत बनाएको छ ।

जितको लागि १ सय १९ रनको बलियो विजयी लक्ष्य पछ्याएको कोशीले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा रुविना ५५ बलमा ८ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन् । काजोल श्रेष्ठ ४८ बलमा ८ चौकासहित ५४ रनमा आउट भइन् ।

पहिलो विकेटका लागि काजोल र रुविनाले १ सय १८ रनको शतकीय साझेदारी गरेका थिए । बिमला महला ४ रनमा अविजित रहिन् । सुदूरको लागि अनु कडायतले ३.४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो ।

सुदूरको लागि ओपनर विन्दु रावलले ३९ बलमा ५ चौकासहित सर्वाधिक ३३ रन बनाइन् । सम्झना खड्का ३१ बलमा ३ चौकासहित २७, रुवि पोदार २, कविता जोशी २६ र रेवती धामीले २० रन बनाइन् । कोशीकी सबनम राई र अप्सरी बेगमले समान एक विकेट लिइन् ।

एपिएफ ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । ८ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनल खेल्ने अवसर पाउनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.