default_image

2 years ago

December 28, 2023

लुम्बिनी प्रदेश छनोटमा मोहम्मद हुसेनको सानदार अलराउन्ड प्रदर्शन

1220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर मोहम्मद हुसेनको सानदार अलराउन्ड प्रदर्शनमा कपिलबस्तुले लुम्बिनी प्रदेश छनोटमा रुपन्देहीलाई ६१ रनले हराएको छ । सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको कपिलवस्तुले ४३ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो ।

उसका लागि मोहम्मद हुसेनले ६९ बलमा १० चौकासहित सर्वाधिक ६८ रन बनाए । गोविन्द थारुले ३७ बलमा ४ चौका र १ छक्कासहित ३२, प्रतिक भट्टराई १४ रनमा आउट भए । रुपन्देहीका सन्तोष यादव र विष्णुले समान दुई विकेट लिए । कृष्ण कार्की, रुपेश कुमार, अभिषेक गौतम र अजय चौहानले १–१ विकेट लिए ।

जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही ३०.१ ओभरमा १ सय रनमा अल आउट भयो । उसका लागि बिष्णु कतारियाले २८ र मर्निल गुरुङले २५ रन बनाए । मोहम्मद हुसेनले ९ ओभरमा १ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए । साम्सली खान र राज अग्राराहीले दुई दुई विकेट लिए । शिव कुमार र गोविन्द थारुले एक एक विकेट लिए ।

लुम्बिनी प्रदेश छनोटमा समूह ए मा रुपन्देही, कपिलबस्तु, पाल्पा र नवलपरासी छन् । समूह बी मा बाँके, बर्दिया र दाङ छन् । प्रतियोगिता पुष २२ गतेसम्म चल्नेछ । माघ पहिलो साता प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता सुरु हुँदैछ । त्यसको लागि प्रदेश टिम निर्माण गर्न प्रदेश छनोट सुरु भएको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.