default_image

7 months ago

December 31, 2023

ओडिआई २०२३ मा सर्वाधिक रन बनाउने १० नेपाली खेलाडी

2025 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि २०२३ वर्ष निकै सानदार रह्यो । आइसिसी विश्वकप लिग २ मा अन्तिम १२ मध्य ११ खेलमा जित, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोट जिम्बावे र पहिलो पटक एसिया कप खेल्ने अवसर नेपालका यस वर्षका सर्वाधिक ठूला सफलता हुन् ।

ब्याटिङमा पनि नेपालबाट उत्कृष्ट रह्यो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज नामिबिया र स्कटल्यान्डबाट सुरुवात गरेको नेपालले एसिया कपमा भारतसँग खेल्दै अन्त्य गर्यो । २०२३ मा ओडिआईमा नेपालबाट सर्वाधिक रन बनाउने १० खेलाडी यस प्रकार छन् ।

१०. सोमपाल कामी– १७ खेलमा १ सय ९२ रन

नेपालका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले २०२३ मा १७ ओडिआई खेलमा १२ इनिङमा ब्याटिङ गर्दै ७ खेलमा नट आउट रहे । कुल २ सय ३२ बल खेलेका उनले १ खेलमा अर्धशतकसहित १ सय ९२ रन बनाए ।

जसमा २० चौका र २ छक्का सामेल थियो । एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ६३ र एसिया कपमा भारतविरुद्ध ४८ रन उनले बनाएको उच्च रन हो । उनले तल्लोक्रममा फिनिसरको भूमिका निर्वाह गरेका थिए ।

९. सन्दीप लामिछाने– २ सय ६ रन

स्पिनर सन्दीप लामिछानेले २१ खेलमा १४ इनिङमा ब्याटिङ गर्दै कुल २ सय ६ रन बनाए । कुल २ सय ६८ बल खेलेका उनले १९ चौका र २ छक्का प्रहार गरे । उनले खराब अवस्थाबाट पपुवा न्युगिनीविरुद्ध ३५ रनको इनिङ महत्वपूर्ण थियो ।

८. आरिफ शेख – ३ सय २२ रन

नेपालका मध्यक्रमका भरपर्दा ब्याटर आरिफ शेखले १६ खेलमा १३ इनिङमा ब्याटिङ गर्दै कुल ३ सय २२ रन बनाए । जसमा २ अर्धशतकसहित २२ चौका र २ छक्का हानेका थिए ।

७.गुलशन झा – ३ सय ५० रन

नेपालका अलराउन्डर गुलशन झाले मध्यक्रम र शीर्ष दुबैमा राम्रो प्रभाव छाडे । १५ खेलमा ब्याटिङ गरेका उनले १३ इनिङमा ब्याटिङ गर्दै कुल ३ सय ५० रन बनाएका थिए । जसमा ३ अर्धशतक थियो ।

२४ चौका र १६ छक्का हानेका थिए । आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईविरुद्ध ५० रन बनाएका थिए । त्यस्तै प्रिमियर कपको फाइनलमा युएईविरुद्ध नै ६७ रन बनाएका थिए ।

६.दीपेन्द्रसिंह ऐरी – ३ सय ९२ रन

नेपालले दीपेन्द्रसिंह ऐरीलाई ओडिआईमा फिनिसरको रुपमा खेलाएको थियो । दीपेन्द्रले त्यो भूमिका निर्वाह पनि गरे । २० इनिङमा ब्याटिङ गरेका उनले २ अर्धशतकसहित कुल ३ सय ९२ रन बनाए । जसमा ३१ छक्का र ८ छक्का सामेल थियो ।

५. भीम सार्की – ४ सय १६ रन

नेपालका शीर्षक्रमका ब्याटर भीम सार्कीले यस वर्ष ओडिआईमा महत्वपूर्ण प्रदर्शन गरे । विशेषगरी नेपालको ओडिआई मान्यता जोगाउन उनको प्रदर्शन उत्कृष्ट थियो ।

उनले १४ इनिङमा ४ सय १६ रन बनाएका थिए । जसमा ३ मा अर्धशतकसहित कुल ४१ चौका र २ छक्का सामेल थियो । युएईविरुद्ध दुबईमा ७०, टियुमा ६७ र विश्वकप छनोटमा अमेरिकाविरुद्ध ७७ रन बनाएका थिए ।

४. रोहित पौडेल– ५ सय २९ रन

नेपालका कप्तान रोहित पौडेलले यस वर्ष २१ इनिङमा ५ सय २९ रन बनाएका थिए । ७ बल खेलेका उनले ३ अर्धशतकसहित उक्त रन बनाएका थिए । उनले ५४ चौका र १० छक्का प्रहार गरेका थिए ।

कीर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ मा जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ११४–७ को अवस्थाबाट ९५ रनको अविजित सानदार इनिङ खेलेका थिए । त्योक्रममा उनले १ सय १ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

३. कुशल मल्ल – ५ सय ४९ रन

युवा अलराउन्डर कुशल मल्लले स्कटल्यान्ड र नामिबियासँगको सिरिजबाट टोलीमा पूनरागमन गरेका थिए । नेपालको ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गरे ।

२० इनिङमा कुल ५ सय ४९ रन बनाएका छन् । जसमा १ शतक, ३ अर्धशतकसहित कुल ५४ चौका र ३१ छक्का हानेका थिए । एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित सर्वाधिक १ सय ८ रनको इनिङ खेलेका थिए ।

२. कुशल भुर्तेल – ५ सय ९० रन

ओपनर कुशल भुर्तेलले २१ खेलमा कुल ५ सय ९० रन बनाए । उनले १ शतक र ३ अर्धशतकसहित कुल ६५ चौका र १५ छक्का हानेका थिए ।

नामिबियाविरुद्ध टियुमा १ सय १५ रनको इनिङ उनको यस वर्षको उत्कृष्ट प्रदर्शन पनि थियो । विश्वकप छनोटमा जिम्बावेविरुद्ध ९९ रनमा पनि आउट भएका थिए ।

१. आसिफ शेख – ५ सय ९५ रन

नेपालका ओपनर आसिफ शेखको प्रदर्शन यस वर्ष ओडिआईमा निकै महत्वपूर्ण रह्यो । आसिफले २० खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ५ सय ९५ रन बनाए ।

जसमा ६३ चौका र ८ छक्का सामेल थियो । गत मार्चमा पपुवा न्युगिनीविरुद्ध टियुमा १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । दुबईमा पपुवा न्युगिनीविरुद्ध ८६, नामिबियाविरुद्ध ८१ र जिम्बावेविरुद्ध ६६ रन उनले यस वर्ष ओडिआईमा गरेका उच्च प्रदर्शन हुन् ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.