2 years ago
January 1, 2024
एजेन्सी – तीव्र गतिका बलर अली नासिर र ओपनर अर्यान लाक्राको उत्कृष्ट प्रदर्शनमा युएईले दोस्रो टि२० आई खेलमा अफगानिस्तानलाई ११ रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १९.५ ओभरमा १ सय ५५ रनमा अल आउट भयो । अफगानिस्तानका मोहम्मद नाबीले २७ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।
ओपनर हज्रतुल्लाह जजाई ३६, रहमानउल्लाह गुरबाज २१, इब्राहिम जद्रान ४ र नाजिबउल्लाह जद्रान १२ रनमा आउट भए । युएईका मोहम्मद जवादुल्लाहले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । अली नासिरले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । जुनैद सिद्दिक र अकिफ राजाले १–१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । युएईको जितमा ओपनर आर्यन लाक्रा ४७ बलमा ३ चौका र ४ छक्कासहित ६३ रनमा नट आउट रहे ।
मोहम्मद वासिम ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका क्विस अहमद र आजमतुल्लाह ओमरजाईले समान दुई विकेट लिए । पहिलो खेलमा अफगानिस्तान ७२ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकाले आज नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपाललाई ३.३ ओभरमा ५८ रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक […]


November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]