2 years ago
January 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा कोशी प्रदेशलाई फाइनलमा पुग्न ८९ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनायो । सुदूरको लागि सम्झना खड्काले २५ बलमा ४ चौकासहित २४ रन बनाइन् । अन्य कुनैपनि ब्याटले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर विन्दु रावल र रुवि पोदारले पहिलो विकेटका लागि ६.३ ओभरमा २६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । विन्दु रावल १८ बलमा ३ चौकासहित १७ रनमा रन आउट भइन् ।
संगिताले रुवी पोदारलाई ७ रनमा एलबीडब्लू आउट गरिन् । सबनम राईले १४ औं ओभरको दोस्रो बलमा सम्झना खड्कालाई आउट गरेपछि सुदूर समस्यामा परेको थियो । सम्झना एज लागेर आउट भएकी थिइन् । संगिताले उत्कृष्ट टर्न गर्दै रेवती धामीलाई ७ रनमा एलबीडब्लू आउट गरिन् ।
अनु कडायत र लक्ष्मी साउदले ७-७ रन बननाए । सावित्री धामीले २ र ऋतु कनौजिया शून्यमा आउट भइन् । कोशीको लागि संगिता राईले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, एलिसा खडिया र निशा शाहले १-१ विकेट लिइन् ।
आजको विजेताले बुधबार एपिएफसँग फाइनल खेल्नेछ । एपिएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा पुगेको थियो । सुदूरले एलिमिनेटर खेलमा बागमती प्रदेशलाई हराउँदै दोस्रो क्वालिफायर खेलेको थियो ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ । यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच […]