1 year ago
January 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
एपीएफ अपराजित हुँदै फाइनल खेलेको छ । एपीएफले कोशीलाई लिग चरणमा ८ विकेट र पहिलो क्वालिफायर खेलमा ५२ रनले हराएको थियो ।
उता कोशीले दोस्रो क्वालिफायरमा सुदूरलाई ९ विकेटले हराउँदै फाइनल खेलेको हो । कोशी एपीएफलाई स्तब्ध पार्दै दोस्रो पटक उपाधि जित्न चाहन्छ । कोशीले गत वर्ष प्रधानमन्त्री कपको सेमिफाइनल खेलमा इटहरीमा एपीएफलाई सेमिफाइनलमा ८ विकेटले हराएको थियो । तर फाइनलमा सुदूरसँग कोशीले हारेको थियो ।
२०२० को प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा एपीएफलाई हराउँदै उपाधि जितेको थियो । यता एपीएफले पछिल्ला तीन मध्य दुई पिएमकप उपाधि गुमाएको छ ।
कोशीको लागि कप्तान रुविनाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यस प्रतियोगितामा रुविना २ सय ८३ रनका साथ शीर्षस्थानमा छिन् । १० विकेट लिँदै सानदार अलराउन्ड प्रदर्शन गरेकी छिन् ।
उनको प्रदर्शनमा टोली धेरै निर्भर छ । ब्याटिङमा उनीसँगै अप्सरी बेगम र काजोल श्रेष्ठको भूमिका महत्वपूर्ण हुनेछ । बलिङमा संगिता राई र सबनम राईको स्पेल महत्वपूर्ण हुनेछ । कोशी शीर्ष तीन ब्याटर रुविना, काजोल र अप्सरीमा निर्भर छ । यी खेलाडी बाहेक अन्य कुनैले पनि राम्रो गर्न सकेका छैनन् ।
उता एपीएफमा नेपालबाट खेलेका खेलाडीको बाहुल्यता छ । इन्दु बर्मा २ सय ३१ रन बनाउँदै उच्च लयमा छिन् । ममता चौधरीले मात्रै ४ खेलमा १ सय ७३ रन बनाएकी छिन् ।
सीता रानामगर टोलीकी प्रमुख हतियार हुन् । नेपाली टोलीबाट खेलेका खेलाडीको बाहुल्यता हुँदा एपीएफ खेलमा हाबी हुनसक्छ । ओपनर ज्योति पाण्डे, राजमति ऐरी र रोमा थापा जस्ता खेलाडीले ब्याटिङ मजबुत छ ।
बलिङमा सोनु खड्का, रेखा रावल र सुमन विष्ट तीव्र गतिका हतियार हुन् । स्पिनमा करुणा भण्डारी, सीता र नेरी थापाको आक्रामण हुनेछ । खेल रोचक हुने अनुमान गरिएको छ ।
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]