default_image

1 year ago

October 23, 2024

आर्मी र ठमेल टुरिजम क्वार्टरफाइनलमा

556 views

0 Bookmark

काठमाडौं (हाम्रा खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टेरिजम डेभलपमेन्ट काउन्सिल दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको समूह चरणको अन्तिम दिन बुधवार जित निकाल्दै आर्मी र ठमेल टुरिजम अन्तिम ८ मा पुगेका हुन् ।

थिमीस्थित मध्यपुर युथ एसोसियसनको मैदानमा भएको खेलमा आर्मीले सानोगौचरण नाइटकिङ (एसएनकेसी) लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्यो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

निर्धारित समयसम्म आर्मीका हरि महतो र सानोगौचरणका जगतमान लामाले गोल गरे । आर्मीका महेन्द्र खवास प्लेयर अफ दी म्याच घोषित भए र उनलाई राष्ट्रिय टोलीका सदस्य भरत खवासले पुरस्कृत गरे ।

ठमेल चितवन भेट्रान्स एफसीलाई ४–० ले पराजित गर्यो । ठमेलका टासी छिरिङ, विशाल राई, रमेश गुरुङ र भेषराज राईले गोल गरे । ठमेलका टासी छिरिङ प्लेयर अफ दी म्याच चुनिए र उनलाई आठौं साफका स्वर्ण पदक विजेता कराते खेलाडी रवि महर्जनले पुरस्कृत गरे ।

प्रतियोगितामा बिहीवार क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वाटरफाईनल हाम्रो धरान भेट्रान्स फुटबल क्लब र सरस्वतीनगर भेट्रान्स, दोश्रो बानेश्वर फ्रेण्डससिप र फ्रिडम फाईटर , तेश्रो आर्मी र किङकम स्पोर्टस क्लब तथा चौथो ठमेल र एनआरटीबीच हुनेछ आयोजकले जनाएको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.