1 year ago
January 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता २०८० को विजेताले पाँच लाख पाउने भएको छ । पिएमकपको फाइनलमा आज कोशी प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
विजेताले ५ लाख र उप–विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ब्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडील यमाहको रेजेआर १ सय २५ सिसी स्कुटर प्राप्त गर्नेछिन् । उत्कृष्ट ब्याटर र बलरले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीले ५० हजार बराबरको क्रिकेट सामाग्री पाउनेछिन् ।
प्रतियोगिता पुष ५ देखी टियु र मुलपानीमा सुरु भएको थियो । ७ प्रदेश र एपीएफबीच राउन्ड रोविनमा आयोजना भएको थियो । राउन्ड रोविनमा पहिलो पटक पिएमकप हुँदा एपिएफ अपराजित हुँदै कोशीलाई पहिलो क्वालिफायरमा ५२ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
दोस्रो स्थानमा रहेको कोशी पहिलो क्वालिफायरमा पराजित भएपनि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । एलिमिनेटरमा भने सुदूरले बागमतीलाई हराएको थियो । सुदूर तेस्रो र बागमती अन्तिम चारमा रहेर एलिमिनेटर खेलेका थिए ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]