default_image

1 year ago

January 3, 2024

रोविनको उत्कृष्ट ब्याटिङमा काठमाडौंको विशाल जित

564 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर रोविन जोशीको उत्कृष्ट प्रदर्शनमा काठमाडौंले बागमती प्रदेश छनोटमा भक्तपुरलाई १ सय ९१ रनको विशाल अन्तरले हराएको छ । त्यस्तै अर्को खेलमा चितवनले मकवानपुरलाई ७ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

जितको लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भक्तपुर २८ ओभरमा १ सय १३ रनमा अल आउट भयो । भक्तपुरका लागि अभिनाश बश्याल ३६ बलमा ४ चौकासहित सर्वाधिक २५ रनमा नट आउट रहे । काठमाडौंका सोनु देवकोटाले चार, मनोज यादवले तीन, प्रतिश जि.सीले दुई र राकेश कर्णले १ विकेट लिए ।

त्यसअघि तल्लोमुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले ४० ओभरमा ३ सय ४ रनमा सबै विकेट गुमाएको थियो । रोविन जोशीले ७५ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ९५ रन बनाए ।

हरि चौहानले ५५ बलमा ८ चौका र १ छक्कासहित ६०, इशान पाण्डे २८, रित गौतम २३, राकेश कुमार कर्ण २९, शरद भेषावकर ४ र सोनु देवकाटाले ३१ रन बनाए । सोनुले १२ बलमा ४ छक्का हानेका थिए ।

भक्तपुरका धिरेन्द्र कुमार बस्नेतले तीन, कृष कार्कीले दुई, विज्ञान गौतम, सुवास खत्री, अभिनाश बश्याल र केशव साउदले १–१ विकेट लिए ।

उता चितवनको भरतपुरमा जारी समूह बी को खेलमा चितवनले ६२ रनको सामान्य लक्ष्य १४.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चितवनको जितमा सुर्यांशु कोइराला १६, रोशन झा १३ र गौतम केसीले १८ रन बनाए । मकवानपुरका पियुश शर्मा र साकार गजुरेलले १–१ विकेट लिए ।

त्यसअघि गौतम बुद्ध रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मकवानपुर २४.५ ओभरमा ६१ रनमा अल आउट भयो । उसका लागि शुभ कंस्कार र सुमन सुनारले ११–११ रन बनाए । बागमतीका कृर्जन गुरुङले ४, नरेश र डानिस इकबालले २–२ विकेट लिए ।

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

January 12, 2025

शीर्षस्थानमा रहँदै पुलिस एलिट कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]

Success

Thank you for your time.