2 years ago
January 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता २०८० का शीर्ष चार टोलीले थ्री डे इलिट ट्रफी खेल्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वाार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको छ ।

७ प्रदेश र तीन विभागीय गरि कुल १० टोली सहभागी प्रधानमन्त्री कप १२ जनवरी देखी ३ फेब्रुअरी सम्म टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछ । पिएमकप पहिलो पटक राउन्ड रोविन अर्थात सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
यस पटक देखी पिएमकपका शीर्ष चार टोलीले इलिट ट्रफी खेल्न पाउनेछन् । उक्त इलिट ट्रफी थ्री डे शैलीमा हुनेछ । तालिका अनुसार फेब्रुअरी, मार्च र अप्रिलको समयमा हुनेछ ।
‘यसअघि हामीले सेमिफाइनल र फाइनल थ्री डे मा गर्ने भनेका थियौं । तर नेपालको ब्यस्त तालिकाको कारण हामीले अव इलिट ट्रफी आयोजना गर्ने छौं । शीर्ष चार टोलीले खेल्न पाउनेछन् । पिएमकपको महत्व बढाउन त्यो गर्न लागेका हौं । शीर्ष चारमा पुग्न सके अतिरिक्त खेलहरु खेल्न पाउँछौं भन्ने सन्देश दिन चाहन्छौं । जसले गर्दा प्रदेशहरु घरेलु क्रिकेटमा लगानी गर्न सक्रिय हुनुन्छ भनेर’, क्यानका सचिव पारस खड्काले भने ।
प्रधानमन्त्री कपमा हाल सबै जिल्लाहरुको छनोट सकिएको छ । हाल सबै प्रदेशमा प्रदेश छनोट जारी छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]