default_image

10 months ago

January 4, 2024

भारत र दक्षिण अफ्रिकाबीचको खेल टेस्ट इतिहासकै सर्वाधिक छिटो सकियो

4893 views

0 Bookmark

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेल इतिहासकै छिटो सकिएको छ । केप टाउनमा भारतले मात्रै दोस्रो दिन दोस्रो सेसनमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको थियो ।

उक्त खेल मात्रै ६ सय ४२ बलमा सकिएको थियो । यसअघि सन् १९३२ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल मेलबर्न क्रिकेट मैदानम ६ सय ५६ बलमा सकिएको थियो । त्यस्तै १९३५ मा इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको खेल ६ सय ७२ बलमा सकिएको थियो ।

जितको लागि ७९ रनको सामान्य लक्ष्य भारतले १२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवालले २३ बलमा ६ चौकासहित सर्वाधिक २८ रन बनाए । दक्षिण अफ्रिकाका मार्को यानसन, नान्द्रे बर्गर र कागिसो रबाडाले १(१ विकेट लिए ।

दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ७६ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ९८ रनले पछि पर्दा समग्रमा ७८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका ओपनर एडेन माक्ररमले १ सय ३ बलमा १७ चौका र २ छक्कासहित सर्वाधिक १ सय ६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । भारतका जस्प्रित बुमराहले ६ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा ३४.५ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुन्गी एनगिडी र नान्द्रे बर्गरले समान तीन विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २३.२ ओभरमा ५५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कायल भेरेयानले सर्वाधिक १५ रन बनाएका थिए । भारतका मोहम्मद शिराजले सर्वाधिक ६ विकेट लिएका थिए ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.