default_image

7 months ago

January 9, 2024

गुलशनको शतकमा नेपालको फराकिलो जित

8022 views

0 Bookmark

एजेन्सी – अलराउण्डर गुलशन झाको शतकमा नेपाली यु१९ क्रिकेट अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको छ  ।

जितको लागि २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । स्कटल्याण्डका उजैर अहमदले २८ र खानले २४ रन वनाए । नेपालका तिलक राज भण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकामा रहेको नेपालले ४९.२ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो ।  गुलशनले १ सय १५ बलमा १ सय १४ रनको शतकिय इनिङ खेले । दिपक बोहराले ५४ बलमा ५८ रनमा अविजित रहे ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।
विश्वकप अघि नेपालले अभ्यास खेलहरु खेल्नेछ ।
नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.