default_image

7 months ago

January 9, 2024

यू-१९ विश्वकप : नेपालको खेल तालिका, समय, लाइभ र इतिहास लगायत सम्पूर्ण जानकारी

11095 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्दैछ । दक्षिण अफ्रिकामा १९ जनवरी देखी हुने यू-१९ विश्वकप खेल्न नेपाली टोली त्यहाँ पुगि सकेको छ ।

नेपालको समूह डी मा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । यस पटक देखी विश्वकप फरक शैलीमा हुनेछ । यसअघिका संस्करण जस्तो प्लेट च्याम्पियनसिप हुने छैन । नेपालले खेल्ने यू१९ विश्वकपको सम्पूर्ण जानकारी यस प्रकार छ ।

समय : माघ ५ देखी २८ गते सम्म (१९ जनवरी देखी ११ फेब्रुअरी सम्म)

समूह ए : भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका

समूह बी : इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड

समूह सी : अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया

समूह डी : नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान ।

नेपालको खेल तालिका र स्थान :

वार्मअप खेल

पुष २८ (१३ जनवरी) : स्कटल्यान्ड

माघ २ (१६ जनवरी) : वेस्टइन्डिज

विश्वकपका खेलहरु

माघ ७ (२१ जनवरी) : न्युजिल्यान्ड, बुफलो पार्क, इस्ट लन्डन

माघ १० (२४ जनवरी) : पाकिस्तान, बुफलो पार्क, इस्ट लन्डन

माघ १२ (२६ जनवरी) : अफगानिस्तान, बुफलो पार्क, इस्ट लन्डन

सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सुरु हुनेछन्

लाइभ : स्टार स्पोर्ट्स, सोनी र आइसिसी टिभी ।

शीर्ष तीन टोली सुपर सिक्स :

यस पटक देखी हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । कम्तिमा एक जित हात पार्न सके सुपर सिक्सको सम्भावना बलियो बन्ने देखिन्छ । पुछारमा रहने सबै टोलीले १२ देखी १६ औं स्थानका लागि प्लेअफ खेलहरु खेल्नेछन् ।

सुपर सिक्समा दुई समूह :

समूह ए र डी का शीर्ष तीन तीन टोली एक सुपर सिक्समा हुनेछन् । अर्को सुपर सिक्समा समूह बी र सी का शीर्ष तीन तीन टोली हुनेछन् । दुबै सुपर सिक्सबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

तेस्रो पटक दक्षिण अफ्रिकामा हुँदै

यु१९ विश्वकपको यो १५ औं संस्करण हो । जसमा तेस्रो पटक आयोजना दक्षिण अफ्रिकामा हुँदैछ । यसअघि सन् १९९८ र २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न भई सकेको छ । यस पटक श्रीलंकामा यू१९ विश्वकप हुने तालिका थियो । तर श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको हो ।

आठौं पटक खेल्दै नेपाल

Nepal U19

नेपाल यू१९ विश्वकप आठौं पटक खेल्दैछ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू१९ विश्वकप खेलेको थियो ।

प्लेट च्याम्पियन उत्कृष्ट नतिजा

हालसम्म यू१९ विश्वकपमा नेपालको उत्कृष्ट नतिजा प्लेट च्याम्पियन हो । २००६ को प्लेट च्याम्पियन फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो ।

नेपाली यु-१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.