default_image

2 years ago

January 10, 2024

अंकितको कप्तानीमा कोशीको टोली घोषणा

1591 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । तीव्र गतिका बलिङ अलराउन्डर फिर्दोस अन्सारीले उप–कप्तानको जिम्मेवारी पाएका छन् । कोशीको टोलीमा सोनु अन्सारी विष्फोटक ब्याटरको रुपमा टोलीमा छन् ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा नेट बलरको रुपमा रहँदै आएका कमल खत्री पनि टोलीमा अटाएका छन् ।

यू–१९ विश्वकपको कारण दीपेश कँडेल भने टोलीमा हुने छैनन् । पिएमकप शनिबार देखी सुरु हुनेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी १० टोली हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

कोशीको टोली :

अंकित सुवेदी (कप्तान), फिर्दोस अन्सारी (उप–कप्तान), सोनु अन्सारी, मिनास थापा(विकेटकिपर), आइस भट्टराई, सुजन थपलिया, सुमन गहतराज, समिर कार्की, सोनु मण्डल, कमल खत्री, हेमन राई, भुपाल लुइटेल, अभियास तिम्सिना र सौजन घिमिरे ।

वैकल्पिक खेलाडी : दीपक राज जोशी, भुपाल डंगोल, सौगात भट्टराई र अश्वीन कामत ।

टिम प्रशिक्षक : पुष्प थापा

व्यवस्थापक : सुरेश गुरागाई

एनालिष्ट : विनित बास्तोला ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.