2 years ago
January 11, 2024
एजेन्सी – अनुभवी अलराउन्डर मोहम्मद नाबी र युवा ब्याटर आजमतुल्लाह ओमरजाईको उत्कृष्ट साझेदारीमा अफगानिस्तानले पहिलो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय ५९ रनको मध्यम लक्ष्य लिएको छ ।

मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । अफगानिस्तानका मोहम्मद नाबीले २७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । आजमतुल्लाह ओमरजाईले २२ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए ।
ओमरजाई र नाबीले चौथो विकेटका लागि ४३ बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नाजिबउल्लाह जद्रानले तल्लोक्रमका ११ बलमा ४ चौकासहित १९ र करिम जन्नतले ९ रन बनाए ।
ओपनर रहमानउल्लाह गुरबाज २३, इब्राहिम जद्रान २५ र रहमात शाहले ३ रन बनाए । भारतका अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले १ विकेट लिए । तीन खेलको टि२० आई सिरिज हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]