default_image

7 months ago

January 13, 2024

अनिलको उत्कृष्ट ब्याटिङमा मधेशको विजयी सुरुवात

1608 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर अनिल कुमार शाहको उत्कृष्ट ब्याटिङमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा अनिल कुमार शाहले ५४ बलमा १४ चौका र ३ छक्कासहित ८८ रनको आक्रामक इनिङ खेले ।

हरिशंकर शाह ३३ बलमा ४ चौकासहित २४, मयन यादव १, पवन सरार्फ २ र निरज यादवले ९ रन बनाए । कोशीका सोनु मण्डलले २ र सुजन थपालियाले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४१ ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो ।

कोशीका लागि ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा ७ चौकासहित ४० रनको योगदान दिए । फिर्दोस अन्सारीले ७१ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कोशीका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सोनु अन्सारी डक, मिनाश थापा १, आशिष भट्टराई २, सुजन थपालिया ३, सुभन गहतराजले ९ र सोनु मण्डलले ६ रन बनाए । मधेशका प्रदीप पासपानले ७ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ, राजेश यादव र रन्जित कुमारले २-२ विकेट लिए ।

१० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्न पाउनेछन् । खेलहरु टियु, मुलपानी र भैरहवामा हुनेछन् । मधेशले सोमबार आर्मीसँग खेल्नेछ । कोशीले मुलपानीमा एपीएफसँग खेल्नेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.