default_image

7 months ago

January 13, 2024

राशिद सातौं नम्बरमा शतक हान्ने पहिलो खेलाडी

935 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका राशिद खान प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता इतिहासमा सातौं नम्बरमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । टियु क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्ध १ सय १२ बलमा ९ चौका र ६ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले ।

२०१७ देखी सुरु भएको पिएमकपमा हालसम्म १४ शतक बनेका छन् । उनले हासिम अन्सारीको छैटौं नम्बरबाट प्रहार गरेको शतकको कीर्तिमान तोडेका हुन् ।

हासिमले पिएमकप २०१७ मा मध्यमाञ्चलबाट नेपाल एपीएफ क्लबविरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्दै टियुमा १ सय २४ बलमा १२ चौका र १ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

२०१९ मा बागमती प्रदेशबाट ज्ञानेन्द्र मल्लले पाँचौं नम्बरमा आएर एपीएफविरुद्ध टियु क्रिकेट मैदानमा १ सय ११ बलमा ८ चौका र ५ छक्कासहित १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए । अन्य १२ शतक एक देखी चौथो नम्बरमा आएर प्रहार गर्ने ब्याटर थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.