default_image

7 months ago

January 13, 2024

पिएमकपमा लुम्बिनीको विजयी सुरुवात

886 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर अजय चौहानको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय १२ रनको सामान्य लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर मिर्नल गुरुङले ७८ बलमा ४ चौकासहित सर्वाधिक ४७ रन बनाए । मोहम्मद हुसेन २१ र विराट भण्डारीले १० रन बनाए ।

अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका विपिन खत्री र कमल परियारले ३–३ विकेट लिए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३४.४ ओभरमा १ सय ११ रनमा अल आउट भयो । गण्डकीका करण पंगेनी २८, कृष्ण ऐर १९, अमृत गुरुङ १३ र ओपनर समिर कँडेलले १३ रन बनाए ।

लुम्बिनीका स्पिनर अजय चौहानले ८.४ ओभरा २ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिए । मोहम्मद हुसेनले दुई, कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले १–१ विकेट लिए ।

लुम्बिनीले आफ्नो दोस्रो खेल सुदूरपश्चिमसँग सोमबार खेल्नेछ । गण्डकीले आइतबार कर्णालीसँग खेल्नेछ । आज मुलपानीमा मधेशले कोशीलाई ७ विकेटले हरायो । १० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.