default_image

6 months ago

January 14, 2024

सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात

5486 views

0 Bookmark

काठमाडौं – युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो ।

जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । बागमतीका कप्तान रित गौतमले ८९ बलमा ८ चौकासहित सर्वाधिक ६६ रन बनाए । ओपनर आशुतोष घिरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाए ।

अन्य कुनैपनि बागमतीका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । पुरन बिकले दोस्रो ओभरको अन्तिम बलमा ईशान पाण्डेलाई शून्यमा बोल्ड गरेका थिए । तर दोस्रो विकेटका लागि आशुतोष र रितले ५६ रनको साझेदारी गर्दै बागमतीको आशा कायम राखेका थिए ।

आशुतोष मौसम ढकाललाई ठूलो सर्ट खेल्ने धुनमा सुमित महर्जनबाट क्याच आउट भए । तेस्रो विकेटका लागि विवेक र रितले ४८ रनको साझेदारी गरेका थिए ।

एक समय बागमती २९.२ ओभरमा ११५–२ को अवस्थामा थियो । विवेकलाई रोहितले अमर राउटेलाबाट क्याच गराए । त्यसपछि अफ स्पिनर रोहित बायाँ हाते बागमतीका ब्याटरविरुद्ध हाबी बन्दै लगातार विकेट लिएर सहज जित दिलाए ।

एपीएफका रोहित पौडेलले ९ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । अभिनाश बोहरा र श्याम ढकालले २-२ विकेट लिए । पुरन विक र भुवन कार्कीले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।

एपीएफको जितमा सन्दीप जोराले १ सय १७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै १ सय १२ रनको शतकीय इनिङ खेले । उनले १ सय ३ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए । उनी अन्तिम ओभरको चौथो बलमा दोस्रो रन लिने क्रममा रनआउट भएका थिए ।

एपीएफको सुरुवात खराब रहेपनि सन्दीपले खेलमा फर्काएका थिए । बागमतीका दुई बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी र रिजन ढकालले उत्कृष्ट सुरुवात दिलाएका थिएका थिए । त्यो सुरुवातलाई स्पिनर सूर्य तामाङले निरन्तरता दिएपछि एपीएफ दबाबमा परेको थियो ।

ओपनर प्रज्वल शाहीलाई प्रतिश जिसीले पाँचौं ओभरको पहिलो बलमा १० रनमा सोनु देवकोटाबाट क्याच आउट गराउँदै बागमतीलाई पहिलो सफलता दिलाएका थिए । २०१८ पछि पहिलो पटक एपीएफ फर्किदै कप्तानी गरेका रोहित २ रनमै आउट भए ।

रोहित पौडेल रिजन ढकालको बलमा २ रना एलबीडब्लू आउट भए । आठौं ओभरको तेस्रो बलमा रिजनले आसिफ शेखलाई १५ रनमा बोल्ड आउट गरे । तर उक्त बोल्ड आउट बागमतीका खेलाडी, आसिफ र अम्पायरले समेत केही बेरसम्म चाल पाउन सकेका थिएनन् ।

टियु एण्डबाट आएका स्पिनर सूर्य तामाङले १३ औं ओभरमा दुई विकेट लिएपछि एपीएफ संकटमा पुगेको थियो । दोस्रो बलमा सुमित महर्जन ६ रनमा एलबीडब्लू आउट भए । दुई बलपछि पुरन बिकलाई शून्यमा बोल्ड गरेपछि एपीएफ १२.४ ओभरमा ४१–५ को दयनीय अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि लोकेश र सन्दीप जोराले ६६ रनको साझेदारी गरेका थिए । लोकेश ४२ बलमा १ छक्कासहित २७ रनमा आउट भए । लेग स्पिनर सोनु देवकोटाको बलमा एज लागेर विकेटकिपर रविन जोशीबाट क्याच आउट भए । भुवन कार्कीलाई सूर्यले ७ रनमा बोल्ड गरेपछि ३०.२ ओभरमा १२९–७ को अवस्थामा पुगेको थियो ।

त्यसपछि अमर र सन्दीपले नवौं विकेटका लागि ६८ रनको साझेदारी गर्दै एपीएफलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । अमर ४६ बलमा १ चौकासहित २२ रन जोड्दै प्रतिस जिसीको एलबिडब्लु धरापमा परे । अभिनाश बोहोराले १७ बलमा २ चौकासहित नटआउट १८ रन जोड्दै इनिङलाई सहयोग गरे । उनले सन्दीपसँग ३४ बलमा ४३ रनको साझेदारी गरेका थिए ।

बागमतीका सूर्य तामाङले १० ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सी र रिजन ढकालले २-२ तथा सोनु देवकोटाले १ विकेट लिए । बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो । एपीएफको पहिलो खेल हो । यस पटक देखी प्रधानमन्त्री कप राउन्ड रोविनको आधारमा हुनेछ ।

शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पिएमकप टियु, मुलपानी र भैरहवामो सिद्धार्थ रंगशालामा हुनेछन् । आज भैरहवामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो । सोमबार भैरहवामा लुम्बिनी र सुदूरपश्चिमबीच हुनेछ । त्यस्तै टियुमा मधेश र आर्मी तथा एपीएफ र कोशीसँग खेल्नेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.