2 years ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आगामी महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगितामा नेपाल र हङकङ एकै समूहमा परेका छन् ।

एसियन क्रिकेट काउन्सिलले वुमन्स प्रिमियर कपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । समूह डी मा नेपाल, हङकङ, भुटान र माल्दिभ्स छन् ।
समूह ए मा थाईल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर छन् । समूह बी मा युएई, चीन, ओमान र जापान छन् । समूह सी मा इन्डोनएसिया, बहराइन, मलेसिया र कतार छन् ।
प्रतियोगिता हरेक समूहका शीर्ष दुई दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले वुमन्स एसिया कप खेल्न पाउनेछन् ।
नेपालले फेब्रुअरी १० मा हङकङ, ११ फेब्रुअरीमा भुटान र १३ फेब्रुअरीमा माल्दिभ्ससँग खेल्नछ । क्वाटरफाइनलका खेलहरु १४ फेब्रुअरी, सेमिफाइनल १६ फेब्रुअरी र फाइनल १८ फेब्रुअरीमा हुनेछ ।
नेपालले यस प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाएको छ । पोखरामा बन्द प्रशिक्षणपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।
फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :
इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]