default_image

2 years ago

January 16, 2024

श्रीलंकामाथि जिम्बावेको रोमान्चक जित

1237 views

0 Bookmark

एजेन्सी – जिम्बावेले दोस्रो टि२० आई खेलमा घरेलु टोली श्रीलंकामाथि ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–१ को बराबरी गरेको छ ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेका ओपनर क्रेग इर्विनले ५४ बलमा ६ चौका र २ छक्कासहित सर्वााधिक ७० रन बनाए ।

जिम्बावेलाई जितको लागि अन्तिम ६ बलमा २१ रन चाहिँएको थियो । एन्जिलो म्याथ्युजलाई पहिलो बल ल्यूक जोंग्वेले लङअनमा छक्का हाने । तर उक्त बल नो हुँदा दोस्रो फ्रि हिट बलमा चौका हाने ।

दोस्रो बलमा लङअनमा छक्का हानेपछि चार बलमा जितको लागि तीन रन चाहिँएको थियो । तेस्रो बल डट हुँदा चौथो बलमा महेश थिक्सेनाले सहज क्याच छाड्न पुगेका थिए । पाँचौं बलमा छक्का हान्दै जोंग्वेले रोमान्चक जित दिलाए ।

जिम्बावेको जितका हिरो जोंग्वे १२ बलमा २ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे । क्लाइभ माडान्डे ५ बलमा २ छक्कासहित १५ रनमा नट आउट रहे । श्रीलंकाका महेश थिक्सेना र दुश्मन्था चामिराले २-२ विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युज ५१ बलमा ६ चौका र २ छक्कासहित ६६ रनमा नट आउट रहे । चरिथ असलंका ३९ बलमा ५ चौका र ३ छक्कासहित ६९ रनमा क्याच आउट भए ।

एक समय २७-४ को खराब अवस्थामा पुगेको श्रीलंकालाई पाँचौं विकेटका लागि म्याथ्युज र असलंकाले ७९ बलमा १ सय १८ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

जिम्बावेका ब्लेसिङ मुर्जाबानी र ल्यूक जाेंगवेले २-२ विकेट लिए । रिचर्ड न्गाराव र वेलिंटन मसाकाड्जाले १-१ विकेट लिए । पहिलो खेलमा श्रीलंका ३ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम निर्णायक खेल बिहीबार हुनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.