default_image

9 months ago

January 17, 2024

एलेनको विश्व कीर्तिमानी छक्काको वर्षासँगै न्युजिल्यान्डको विशाल योगफल

8563 views

0 Bookmark

एजेन्सी – ओपनर फिन एलेनले कीर्तिमानी छक्काको वर्षा गराएसँगै न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानलाई २ सय २५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धाारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २४ रन बनायो ।

न्युजिल्यान्डका ओपनर फिन एलेनले ६२ बलमा ५ चौका र १६ छक्कासहित १ सय ३७ रनको विष्फोटक शतकीय इनिङ खेले । उनको यो टि२० आई करिअरको दोस्रो शतक हो । अन्तर्राष्ट्रिय क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो ।

उनले टि२० आईमा एकै खेलमा सर्वाधिक छक्का हान्ने विश्व कीर्तिमान बराबर गरेका छन् । उनले अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध हानेको १६ छक्काको विश्व कीर्तिमान बराबर गरेका हुन् ।

त्यस्तै उनी न्युजिल्यान्डबाट एकै टि२० आई खेलमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उनले सन् २०१२ मा पूर्वकप्तान ब्रेन्डन म्याककुलेमको बंगलादेशविरुद्ध १ सय २३ रनको कीर्तिमान तोडेका हुन् । एकै टि२० आई खेलमा सर्वाधिक रन भने अष्ट्रेलियाका आरोन फिन्चले २०१८ मा जिम्बावेविरुद्ध १ सय ७२ रन बनाएका थिए ।

टिम सिफर्ट २३ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । ग्लेन फिलिप्स १९ र डेभन कन्वे ७ रनमा आउट भए । हरिस रौफले ओपनर डेभन कन्वेलाई ७ रनमा आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि टिम सिफर्ट र एलेनले ६१ बलमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अन्त्यतिर विष्फोटक ब्याटिङ गर्ने धुनमा विकेट गुमाएको थियो ।

एलेन जमान खानको १८ औं ओभरको दोस्रो बलमा बोल्ड आउट भएका थिए । पाकिस्तानका हरिस रौफले ४ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, जमान खान, मोहम्मद नवाज र मोेहम्मद वासिमले १-१ विकेट लिन सफल भए । पाँच खेलको सिरिजमा न्युजिल्यान्ड २-० ले अघि छ ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.