default_image

9 months ago

January 17, 2024

रोहितको विश्व कीर्तिमानी शतकमा भारतको विशाल योगफल

9239 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्मा विश्व कीर्तिमानी शतकमा घरेलु टोली भारतले तेस्रो टि२० आई खेलमा अफगानिस्तानलाई २ सय १३ रनको विशाल लक्ष्य दिएकोछ । बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।

भारतका रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित १ सय २१ रनमा नट आउट रहे । रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे ।

योसँगै रोहित टि२० आई खेलमा सर्वाधिक पाँच शतक हान्ने पहिलो खेलाडी बनेका छन् । उनले सूर्यकुमार यादव र ग्लेन म्याक्सवेललाई ४-४ शतकमा पछि छाडेका छन् । रोहित सुरुवाती दुई खेलमा शून्यमा आउट भएका थिए । तर तेस्रो खेलमा सानदार शतक हाने ।

एक समय ४.३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगेको भारतलाई फर्काउन रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गरे । भारतले अन्तिम १२ बलमा ५८ रन जोेडेको थियो । अन्तिम ओभरमा करिम जन्नतलाई पाँच छक्कासहित कुल ३६ रन जोडेको थियो । जसमा एक नो बल र चौका पनि थियो । १९ औं ओभरमा भारतले २२ रन जोडेको थियो ।

भारतको सुरुवात सम्झन लायक रहेन । तीव्र गतिका बलर फरिद अहमदले तीन विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर फरिद अहमदको तेस्रो ओभरको तेस्रो बलमा यशस्वी जैसवाल ४ रनमा मोहम्मद नाबीबाट क्याच आउट भए । लागत्तै अर्को बलमा विराट कोहली गोल्डेन डक हुँदै फर्किएका थिए ।

चौथो ओभरको अन्तिम बलमा शिमब दुबे एक रनमा क्याच आउट भए । त्यस्तै यस सिरिजमा पहिलो पटक मौका पाएका सञ्जु स्यामसन पनि गोल्डेन डक भएका छन् । फरिद अहमदको पाँचौं ओभरको तेस्रो बलमा सञ्जु मोहम्मद नाबीबाट क्याच आउट भएापछि २२–४ को अवस्थामा पुगेको थियो ।

अफगानिस्तानका फरिद अहमदले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आजमतुल्लाह ओमरजाईले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.