2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराएको छ । जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीको जितमा कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । त्यस्तै सन्तोष कार्की २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कोशीका सुजन थपलियाले एक विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा ८८ रनमा अल आउट भएको थियो ।
कोशीका कप्तान अंकित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । कोशीका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता खोल्न सकेनन् ।
ओपनर फिर्दोस अन्सारी तेस्रो बलमै सोमपाल कामीको बलमा क्याच आउट भए । समिर कार्कीलाई विवेक यादवले ६ रनमा बोल्ड गरेपछि २४–२ को अवस्थामा पुगेको थियो । तेस्रो विकेटका लागि अंकित र सुजन थपलियाले ४६ रनरको साझेदारी गरेपछि कोशी एक समय १२।१ ओभरमा ७०–२ को अवस्थामा थियो ।
बाँकी १८ रन जोड्न ८ विकेट गुमाएपछि कोशी ८८ रनमा अल आउट भयो । आर्मीका साहब आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए । कुशल मल्लले ५ ओभरमा ३ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।
आर्मी अघिल्लो दिन मुलपानीमा बागमतीसँग तीन विकेटले स्तब्ध भएको थियो । आर्मीले पहिलो खेलमा मधेश प्रदेशलाई १ सय २६ रनले हराएको थियो । कोशीको यो लगातार चौथो हार हो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]