2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर रुपेश सिंहको सानदार अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । मधेशले रोमान्चक जितका साथ एपीएफलाई आफ्नो पिएमकप इतिहासमा पहिलो पटक हराएको छ ।

खेलमा ब्याटिङ गर्नेक्रममा अभिनाश बोहरा ४९ औं ओभरमा घाइते भएपछि दोस्रो इनिङमा बलिङ नै आएनन् । अभिनाश नहुँदा एपीएफले बलिङमा राम्रो प्रदर्शन गर्न सकेनन् ।
जितको लागि २ सय ४७ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा रुपेश सिंह ७२ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा नट आउट रहे । पवन सरार्फले ६६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।
पाँचौं विकेटका लागि निरज यादव र रुपेश सिंहले ८७ रनको साझेदारी गरेपछि खेल रोचक बनेको थियो । रोहित पौडेलले ४४ औं ओभरको अन्तिम बलमा निरजलाई अफ साइडको बलमा बोल्ड गर्दै उक्त साझेदारी तोडेका थिए ।
निरजले ७० बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए । मधेशको सुरुवात भने राम्रो थिएन । ओपनर मयन यादव २ रनमा लोकेश बमबाट क्याच आउट भए । डेब्यू खेल खेलेका बायाँ हाते युवा स्पिनर रमेश कुर्मीले चोभार एन्डबाट आउँदै क्याच गराएका थिए ।

कुर्मीकै बलमा कप्तान हरिशंकर शाह फस्ट स्लिपमा सन्दीप जोराबाट ८ रनमा क्याच आउट भएका थिए । अनिल कुमार शाह ५० बलमा २ चौकासहित २९ रनमा आउट भए । रोहित पौडेलको बलमा उनी आसिफ शेखबाट एज लागेर आउट भएका थिए।
त्यसपछि युवा ब्याटर निरज यादव र पवन सरार्फले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एपीएफका रमेश कुर्मी र रोहित पौडेलले २-२ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । एपीएफका ओपनर आसिफ शेखले ६९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५९ बनाएका थिए । कप्तान रोहित पौडेल ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाएका थिए ।

ओपनर प्रज्वल शाही तेस्रो बलमै रुपेश सिंहको बलमा शून्या क्याच आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ र रोहितले १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर त्यसपछि मध्यक्रमका ब्याटर नचल्दा विशाल योगफल बनाउने अवसर गुमाएको थियो ।
रोहित स्पिनर रञ्जित कुमारको २५ औं ओभरको पहिलो बलमा डीप स्क्वायर लेगमा क्याच आउट भए । स्वीप हान्ने धुनमा उनी क्याच आउट भएका थिए ।
अर्को ओभरमा अरनिको यादवलाई चोभार एन्डतर्फ सर्ट खेल्ने धुनमा लङअफमा आसिफ शेख पनि अभिषेक तिवारीबाट क्याच आउट भए । त्यसपछि प्रदीप पासवानले मध्यक्रममा तीन महत्व विकेट लिँदै एपीएफलाई विशाल योगफल बनाउन बाट रोकेका थिए ।

प्रदीप पासवानले सन्दीप जोरालाई ३३ औं ओभरको दोस्रो बलमा २० रनमा क्याच आउट गराए । यसै ओभरको पाँचौं बलमा सुमित महर्जन ९ रनमा कट एण्ड बोल्ड आउट भए । पासवानले लोकेश बमलाई ६ रनमा एलबीडब्लू आउट गरेपछि एपीएफ १६५–३ बाट १७३–६ को कमजोर अवस्थामा पुगेको थियो ।
आठौं विकेटका लागि अभिनाश बोहरा र अमरसिंह राउटेलाले ५२ रनको साझेदारी गरे । अभिनाश ८ रनमा रिटायर्ड हर्ट भए । उनको बायाँ हातमा चोट लागेको थियो ।
तर रमेश कुर्मी र मौसम ढकाल रुपेश सिंहको बलमा आउट भएपछि अभिनाश पुन ब्याटिङमा गएका थिए । अमरसिंह राउटेला ५७ बलमा २ चौका र ३ छक्कासहित ४९ रनमा नट आउट रहे ।
मधेशका स्पिनर प्रदीप पासवानले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिएका थिए । रुपेश सिंहले ५ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । रन्जित कुमारले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर २ विकेट लिए
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]