default_image

9 months ago

January 21, 2024

कोशीको छैटौं हार, मात्र २५ रनमा अलआउट

1628 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री कप २०२४ मा लगातार छैटौं खेलमा पनि हार बेहोरेको छ । प्रतियोगितामा जितविहिन अर्को टोली गण्डकीविरुद्ध मात्र २५ रनमा अलआउट भएपछि कोशीको शत प्रतिशत हारको सिलसिलाले निरन्तरता पाएको हो ।

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले १५.२ ओभरमा अलआउट हुँदै २५ मात्र रन जोड्न सक्यो । कप्तान विपिन खत्रीको स्पिनविरुद्ध कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीले भने १ सय ४२ रनको जितका साथ पहिलो जित दर्ता गरेको छ ।

इनिङको पहिलो बलदेखि सुरु भएको कोशीको विकेट पतनमा कुनै ब्याटरले लामो इनिङ खेल्न सकेनन् । सोनु अन्सारी पहिलो बलमै विपिन खत्रीबाट बोल्ड भए । दोस्रो ओभरको अन्तिम बलमा कप्तान अंकित सुवेदी ८ रन जोड्दै अंकित न्यौपानेको शिकार बने । सुजन थपलिया १५ बलमा २ रन जोड्दै विपिनकै बलमा क्याच आउट भए ।

प्रतियोगितामा रन जोड्न संघर्ष गरिरहेका मिनाश थापा ९ बलमा १ रन जोड्दै सन्दीप पराजुलीको बलमा बोल्ड भए । उनले ५ खेलमा ४ रन जोडेका छन् । त्यसपछि फिर्दोस अन्सारी खाता नखोली आउट भए ।

आइश भट्टराई ३ रन र समिर कार्की खाता नखोली विपिनकै एक ओभरमा आउट भए । सोनु मण्डल १, कमल खत्री ५ र हेंत राइ शुन्यमा पेभेलियन फर्केपछि कोशी खेलमा टिक्न सकेन । विपिनले ६ विकेट लिंदा सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानेले १ विकेट लिए ।

त्यसअघि अभ्यास तिम्सिनाले ६ विकेट लिँदा टस जितेर फिल्डीङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १ सय ६७ रनमा अलआउट गरेको थियो । प्रतियोगितामा जितविहिन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन । शीर्षक्रमका ब्याटर अभ्यासको बलिङसामु चल्न नसक्दा गण्डकी एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा थियो ।

गण्डकीका लागि मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । मुस्कानले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ रनको योगदान दिए । उनले ४२ औं ओभरमा आउट हुनुअघि १ सय २२ बल खेल्दै ७ चौका प्रहार गरे ।

फिर्दोस अन्सारीले फ्याँकेको इनिङको चौथो बलमै करण पंगेनी ४ रनमा कट बिहाइन्ड भएपछि मुस्कान ब्याटिङमा आएका थिए । त्यसपछि अर्कोतर्फ लगातार विकेट खस्दा मुस्कानले इनिङ बढाइरहे । अभ्यास तिम्सिनाले उत्कृष्ट बलिङ गर्दै शीर्षक्रम धराशायी बनाए ।

उनले समिर कँडेल र कृश ऐरलाई खाता नखोली पेभेलियन फर्काए । अश्वनी राना ६ रन र अमृत गुरुङ ४ रन जोड्दै उनकै शिकार बने । एक समय ३८-५ को स्थितिमा पुगेको गण्डकीलाई कमल परियारले १३ रन तथा कप्तान विपिनले ४२ रन जोड्दै उकासे । विपिनले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए ।

कोशीका लागि अभ्याससँगै फिर्दोस, कमल खत्री र सोनु मण्डलले १-१ विकेट लिए ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.