12 months ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङको मद्दतले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई मध्यम योगफलमा सिमित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो । खराब मौसमका कारण ढिलो सुरु भएको खेल प्रति इनिङ ३३ ओभरमा घटाइएको थियो ।
पुलिसको सुरुवात नै खराब रहेको थियो । १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि पुलिस समस्यामा परेको थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै कट बिहाइन्ड भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट भए । त्यसपछि दिलिप नाथ पनि शून्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।
ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङलाई बलियो बनाए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३औ ओभरमा आउट भए ।
त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके । अर्को छेउमा डटेर रहेका ओपनर सुनिल धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पभिलियन फर्किए ।
कप्तान दीपेन्द्र सिंह ऐरी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी १३ रनमा रन आउट भएका थिए । अलराउन्डर राशिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने । त्यसपछि करण केसी १० रनमा शाहब आलमको बलिङ्गमा बोल्ड भए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहब कै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नट आउट रहे ।
आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडन सहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]