default_image

6 months ago

January 21, 2024

एसीसी महिला प्रिमियर कपका लागि दोस्रो चरणको टोली घोषित

849 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा फेब्रुअरी दोस्रो साता हुने एसीसी महिला प्रिमियर कपका लागि नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरण छनोट सम्पन्न भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणमा १८ खेलाडीलाई समेट्दै टोली घोषणा गरेको छ । पहिलो चरणमा रहेका ६ खेलाडी बाहिर राख्दै क्यानले टोली घोषणा गरेको हो ।

पहिलो चरणको छनोटबाट सोनी पाख्रिन, आरती महतो, ममता चौधरी, सोमु विष्ट, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी बाहिरिएका छन् । अब टोलीमा रहेका लक्ष्मी साउद र यशोदा विष्टले मात्र सिनियर टोलीबाट डेब्यु गर्न बाँकी छ ।

प्रशिक्षक मनोज कटवालले प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा केहि दिनपछि गर्नेछन् । प्रतियोगिता फेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनएसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् । टियु र मुलपानी मैदान प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको कारण महिला टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको छ ।

१८ सदस्यीय टोली :

इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, यशोदा विष्ट, खुशी डंगोल, रोमा थापा, पुजा महतो

बाहिरिएका : सोनी पाख्रिन, आरती महतो, ममता चौधरी, सोमु विष्ट, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.