default_image

6 months ago

January 22, 2024

नेपालले न्युजिल्यान्डसँग हार्नुका ५ कारण

5808 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको हार बेहोर्यो । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ को लक्ष्य पछ्याउने क्रममा नेपालले पूरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ३८ रन जोड्यो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको योगदान दिए । उता न्युजिल्यान्डका स्नेहिथ रेड्डीले १ सय ४७ रनको आक्रामक इनिङ खेलेपछि नेपालको हातबाट खेल फुत्किएको थियो । कप्तान ओस्कार ज्याक्सन र रेड्डीबीच चौथो विकेटका लागि भएको साझेदारी नै खेलमा टर्निङ पोइन्ट बन्न पुग्यो ।

खेलका ५ कारण जसले खेल न्युजिल्यान्डको पक्षमा मोडियो :

अनुभवी खेलाडीबाट सोचेजस्तो प्रदर्शन नहुनु

गुलशन झा हालको यू-१९ टोलीमा सबैभन्दा अनुभवी खेलाडी हुन् । बलिङमा गुलशनले पावर प्लेमा विपक्षीलाई दबाबमा राखेपनि विकेट निकाल्न सकेनन् । पहिल पावरप्लेमा विकेट नआउँदा न्युजिल्यान्डको मनस्थिति बलियो बनेको थियो । गुलशनले डेथ ओभरमा पनि सोचेजस्तो बलिङ गर्न सकेनन् । ४४ औं ओभरमा लगातार बलमा क्याच आउट गराउनु बाहेक गुलशनले संघर्ष नै गरे ।

अर्कोतर्फ सिनियर टोलीका लागि समेत उत्कृष्ट इनिङ खेल्दै आएका उनीसँग न्युजिल्यान्डविरुद्ध ब्याटिङमार्फत नेपाललाई खेलमा टिकाउने राम्रो अवसर थियो । तर उनी लामो सट खेल्ने धुनमा आउट भए । अर्कोतर्फ अर्जुन ले सम्हालिएको इनिङ खेल्दै रन जोडिरहेको अवस्थामा गुलशनले विकेट जोगाएर उनलाई साथ दिनुपर्ने थियो ।

त्यसो त कप्तान देव खनाल पनि त्यस्तै अवस्थामा आउट भए । विपक्षी कप्तानको ओभरमा बाउन्ड्री लगाइसकेको अवस्थामा उनी अर्को ठूलो सट खेल्न खोज्दा क्याच आउट भए । फ्रन्ट फुटमा राम्रो चौका प्रहार गरेका उनी ब्याक फुटमा भने ब्याट ढिलो चलाउँदा मिड अनमा क्याच भए ।

शीर्षक्रम चल्न नसक्नु

दीपक बोहोरा र अर्जुन लामो समयदेखि इनिङ सुरुवात गर्दै आएका छन् । दीपकले खाता नखोली पेभेलियन फर्केपछि आकाश पनि लामो समय क्रिजमा टिक्न सकेनन् । न्युजिल्यान्डका ब्याटरले पावर प्लेमा विकेट जोगाएर पछि आउने ब्याटरलाई आक्रमण गर्न ठाउँ छोडेका थिए । तर दीपकको विकेटपछि आकाश पनि ठूलो सट खेल्ने धुनमै क्याच आउट हुन पुगे ।

अर्जुनले १४ रनमा खेल्दा क्याच छुटेर जीवनदान पाएपछि कुनै जोखिम नलिई खेलिरहे । मध्यक्रममा उत्तम रंगु इनिङ बचाउने छविका खेलाडी भएपनि उनी लामो समय क्रिजमा टिकेनन् ।

डेथ ओभरमा कमजोर बलिङ

नेपालको सिनियर टोलीले भोगिरहेको डेथ ओभर बलिङ समस्या युवा टोलीमा पनि देखियो । नेपालले अन्तिम १० ओभरमा ९९ रन खर्चेको थियो । अन्तिम १० मध्ये ६ ओभरमा नेपालले १० भन्दा माथि रन दियो ।

गुलशनले नै ४७ औं ओभरमा १७ र २९ औं ओभरमा १० रन खर्चन पुगे । ४६ औं ओभरमा आकाश चन्दले वाइड र नो बल फ्याँकेपछि कप्तान देवले अन्तिम दुई ओभर स्पिनर सुभाषलाई गर्न लगाए । अन्त्यतिर कमजोर फिल्डिङका कारण पनि नेपाल पकड जमाउन असमर्थ रह्यो ।

ठूलो साझेदारी तोड्न नसक्नु

न्युजिल्यान्डको इनिङ बलियो योगफलतर्फ पुग्दा ३ साझेदारी निकै महत्त्वपूर्ण रहे । पहिलो विकेटका लागि ५३ रनको साझेदारी बनेपछि नेपाल लगातार ३ विकेट लिंदै खेलमा फर्किएको थियो । तर त्यसपछि अर्को विकेटका लागि भने नेपालले २७ ओभर बिना विकेट बलिङ गर्यो ।

रेड्डी र ज्याकसनले विकेट मात्र बचाएनन्, झन्डै प्रति बल रनको गतिमा खेल्दै नेपालबाट खेल लगे । १ सय ६४ बलमा १ सय ५७ रन जोडेपछि नेपाल दबाबमा थियो । कप्तान देवले यसक्रममा ७ बलर प्रयोग गरे । र पार्ट टाइम बलर आकाश त्रिपाठीले नेपाललाई विकेट पनि दिलाए ।

पुन: लगातार ३ विकेट लिँदै खेलमा पुनरागमन गर्ने अवसर नेपालसँग थियो । तर त्यसमा पनि नेपाल चुक्यो । डेथ ओभरमा रेड्डीले आक्रमण गर्दै थोम्प्सनसँग ३१ बलमा ४९ रनको साझेदारी गरे । जमेको साझेदारी तोड्न नसक्नु नेपालको लागि तगारो बन्यो ।

कमजोर फिल्डिङ

नेपालको फिल्डिङ न्युजिल्यान्डविरुद्ध खेलको सबैभन्दा बिर्सनलायक पक्ष थियो । क्याच त ड्रप भए नै, नेपालले ओभर थ्रोमा रन खर्चेर पनि राम्रो माहोल बनाउन सकेन । खेलको सुरुवाती समयमा नै ओभर थ्रोमार्फत ५ रन गएपछि नेपालको फिल्डमा बडी ल्यांग्वेज राम्रो भएन ।

आकाश त्रिपाठीले पावरप्लेमै पाएको क्याचको ५०-५० अवसर सदुपयोग गर्न सकेनन् । कप्तानले क्याच छोडेपछि दिएको भावले पनि नेपालको संघर्ष प्रष्ट देख्न सकिन्थ्यो । ओभर थ्रोमा रन खर्चनु, क्याच समाउन नसक्नु र ३० यार्ड भित्र छरितो देखिने नेपाल त्यसमा खरो उत्रन नसक्दा नेपालले मोमेन्टम गुमाउन पुग्यो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.