default_image

9 months ago

January 24, 2024

इराक र जापान समूह विजेता र उपविजेताका रूपमा नकआउटमा प्रवेश 

900 views

0 Bookmark

एजेन्सी – इराक र जापान जारी एएफसी एसियन कपको समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

भियतनाममाथि रोमान्चक जित हात पार्दै इराक समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । १० जनामा सिमित भियतनामलाई इन्जुरी टाइमको गोलको मद्दतले ३–२ ले पराजित गर्यो। 

खेलको ४२ औं मिनेटमा बुइ होआङ भियतनामले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए । भान खाङ खुआटले पहिलो हाफको अन्त्यतिर दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि भियतनामले दोस्रो हाफको पूरा समय १० जनाले खेल्नुपरेको थियो।

त्यसको फाइदा उठाउँदै खेलको ४७ औं मिनेटमा डिफेन्डर रेबिन सुलाकाले गोल गर्दै इराकलाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका आयमान हुसेनले ७२औं मिनेटमा गोल गर्दै इराकलाई २–१ को अग्रता दिलाएका थिए ।

भियतनामका लागि इन्ज्युरी समयको पहिलो मिनेटमा गुआङ हाई एनन्गुएनले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। तर थपिएको समयको १२ औं मिनेटमा हुसेनले पेनाल्टी मार्फत गोल गर्दै इराकलाई रोमान्चक जित दिलाए ।

सोही समयमा भएको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३–१ गोल ​​अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । जापानका लागि अयासे उएदाले दुई गोल गरे भने एक गोल आत्मघाती रहेको थियो ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.