default_image

2 years ago

January 25, 2024

रमेशको स्पिनमा फस्दा लुम्बिनीको सामान्य योगफल

646 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई १ सय ३३ रनको सामान्य योगफलमा अलआउट गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको हो । राम्रो सुरुवात पाएको लुम्बिनीको इनिङलाई एपिएफका रमेशले धराशायी पारेका थिए । उनले लगातार मध्यक्रमको विकेट लिँदै ठूलो स्कोर निर्माण हुन दिएनन् ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए । टोली अलआउट भएपनि नटआउट रहेका उनले ४२ बलमा ५ चौका प्रहार गरेका थिए ।

ओपनर मृनाल गुरुङले लुम्बिनीका लागि ३४ रनको योगदान दिए । उनले ८८ बलमा ३ चौका प्रहार गरेका थिए ।अर्का ओपनर विराट भण्डारी ५१ बलमा ४ चौकासहित २३ रन जोड्दै आउट भए । १४ औं ओभरमा विराट आउट हुनुअघि यी दुईले ३९ रनको साझेदारी गरेका थिए । त्यो नै इनिङको सर्वाधिक साझेदारी बन्यो ।

त्यसपछि प्रज्वल थापा ११, मोहमद हुसेन ३, कृष्ण कार्की १, सुशान्त थापा २ र इक्लाख अहमद ९ लगातार स्पिनको शिकार बने । तल्लोक्रमा दिल्शादले आक्रामक रन जोड्दै लुम्बिनीलाई सम्मानजनक योगफलसम्म पुर्याए । पुछारका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन् ।

एपिएफका लागि रमेशले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ तथा रोहित पौडेल र मौसम ढकालले १-१ विकेट हात पारे ।

सातौं स्थानमा रहेको एपिएफको ५ खेलमा ४ अंक छ भने लुम्बिनी ४ खेलमा २ अंकका साथ नवौं स्थानमा छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.