default_image

9 months ago

January 30, 2024

लुम्बिनी विरुद्ध कोशीको मध्यम योगफल 

304 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अहिलेसम्म खेलेको सबै आठै खेलमा हार बेहोरेको कोशी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेश विरुद्ध मध्यम योगफल खडा गरेको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा समेटियो ।

कोशीलाई सस्तैमा समेट्न नर शार्कीले १० ओभरमा २ मेडन सहित ३८ रन दिंदै ४ विकेट लिए । वीर मगरले तीन विकेट लिए भने अभिषेक गौतमले दुई विकेट लिए । यस्तै कृष्ण कार्कीले एक विकेट लिए ।    

कोशीका लागि ओपनर अंकित सुबेदीले सर्वाधिक ४९ रन बनाए । ६५ बलमा ९ चौका प्रहार गरेका उनी अर्धशतक बाट १ रनले चुके ।  सौजन घिमिरेले ६९ बलमा २ चौका र २ छक्का सहित ४३ रनको इनिङ खेले । 

कोशीले अर्का ओपनर समिर कार्कीलाई पहिलो ओभरमा नै शुन्यमा गुमाएको थियो । तेस्रो नम्बरमा आएका मिनाश थापाले राम्रो सुरुवात गरेका थिए । तर ३४ बलमा २५ रन बनाएर उनि ११औ ओभरमा नर शार्कीको बलमा आउट भए ।

सुजन थपलिया पनि कुनै रन नबनाई निर्मल गुरुङको बलमा क्याच आउट हुँदै पेभेलियन फर्किए । आइश भट्टराईले १९ बल खेलेर १० रनमा नरकै शिकार बने । त्यसपछि आउट हुने अंकित थिए । 

सोनु अन्सारीलाई पनि नरले नै १७ रनमा रहेको अवस्थामा आउट गरे । फिर्दोश अन्सारीले मात्र ४ रन बनाउन सके । भुपाल लुइँटेल २० बलमा ५ रन बनाएर वीर मगरको बलमा आउट भए । कमल खत्री शुन्यमा वीरकै शिकार बने ।  

कोशी बिना कुनै अंक पुछारमा रहेको छ । लुम्बिनी भने ७ खेलमा १ जित सहित एक स्थान माथि छ ।   

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.