default_image

9 months ago

January 31, 2024

कर्णालीले हराएसँगै एपिएफ शीर्ष चारबाट बाहिरियो 

2020 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली प्रदेश विरुद्ध पराजित भएसंगै नेपाल एपिएफ क्लब शीर्ष चारमा नरहने पक्का भएको छ । कर्णाली प्रदेश विरुद्ध २१ रनले पराजित भएसंगै एपिएफको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने र शीर्ष चारमा रहँदै एलिट ट्रफी खेल्ने लक्ष्य पुरा भएन ।

कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १८५ रनमा समेटियो ।    

एपिएफका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेले । अर्कोतर्फ लगातार विकेट खसिरहेपानी उनी डटेर क्रिजमा रहेर ११६ बलमा १० चौका र २ छक्का सहित १०८ रन बनाए । उनी ४२औ ओभरमा सातौ विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।    

अमर राउटेलाले ७१ बल खेल्दै १ छक्का प्रहार गरेर २८ रन बनाउँदै अविजित रहे । उनले आशिफ संग मिलेर सातौ विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । तर अन्य ब्याटर चल्न नसक्दा एपिएफले हार बेहोर्न पुग्यो ।

कर्णालीका लाही प्रकाश जैशीले ३ ओभर मात्र बलिङ गरेर २ मेडन सहित ९ रन दिँदै ४ विकेट लिए । यस्तै दिपेन्द्र रावत र युनिष सिंहले समान दुई-दुई विकेट तथा दिनेश अधिकारीले एक विकेट लिए ।  

त्यसअघि टस गारेर पहिले ब्याटिङ गरेको कर्णाली यस संस्करणको आफ्नो सर्वाधिक योगफल बनाउने क्रममा ४४.१ ओभरमा २०६ रनमा समेटियो ।  

कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । उनले ५० बलमा २ चौका र ७ छक्का सहित ६२ रन बनाएका थिए ।  यस्तै अर्जुन घर्तीले ७४ बल खेलेर १ चौका र ३ छक्का सहित ५३ रन बनाए । यी दुई जना मिलेर चौथो विकेटका लागि १११ रनको साझेदार गरेका थिए । १०औ ओभरमा सुरु भएको सो साझेदारी २८औ ओभरमा हिमांशुको विकेटसँगै सकिएको थियो । अर्जुन भने ३३औ ओभरमा रनआउट भएका थिए ।

ओपनर निश्चल रावल ६ रन मात्र बनाएर छैठौ ओभरमा रमेश कुर्मीको बलमा आउट भएका थिए । त्यसपछि आउट भएका कप्तान रबिन्द्र शाही २२ रनमा भुवन कार्कीको शिकार बने । राजेश खड्का १ रनमा रनआउट भए ।

प्रकाश जैशी पनि १० रन मात्र बनाएर मौसम ढकालको बलमा आउट हुँदै पेभेलियन फर्किए । दिनेश अधिकारी अमर राउटेलाको बलमा २७ रनमा आउट हुन पुगे । दिपेन्द्र रावतले २७ रन बनाएर अमर राउटेलाको बलमा क्याच आउट भए । दिवन पुनलाई पनि मौसमले नै १ रनमा आउट गरे । दिनेश अधिकारी मौसमको अर्को शिकार बने । उनले १९ बल खेल्दै १९ रन नै बनाए । अनुज चनारा १ रनमा रन आउट भए ।  

एपिएफका लागि मौसम ढकालले ९ ओभरमा २ मेडन सहित ३२ रन खर्चिंदै ३ विकेट लिए । यस्तै अमर राउटेलाले २ तथा भुवन कार्की र रमेश कुर्मीले समान १-१ विकेट लिए ।  

एपिएफलाई शीर्ष चारमा रही एलिट ट्रफीका लागि छनोट हुन र फाइनलको सम्भावना कायम नै राख्न आज जित्ने पर्ने दवाब रहेको थियो । तर हार संगै सो सम्भावना सकिएको हो। एपिएफ ९ खेलमा १० अंकसहित पाचौ स्थानमा रह्यो ।  

कर्णाली भने आफ्नो ९ खेलमा ८ अंक सहित प्रतियोगिता टुंगाएको छ । एउटा संस्करणमा कर्णालीले पहिलोपटक चार खेलमा जित हात पारेको हो ।  

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.