default_image

6 months ago

February 8, 2024

रिजनले ओडीआई डेब्यु गर्दै

799 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीबाट ओडीआई डेब्यु गर्ने भएका छन् ।

क्यानडाविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा उनले डेब्यु क्याप पाएका हुन् । रिजनले पूर्व कप्तान पारस खड्काको हातबाट ओडीआई क्याप नम्बर ३९ पाए । उनले जर्सी नम्बर १ लगाएका छन् ।

बायाँ हाते रिजनले प्रधानमन्त्री कपमा बागमती प्रदेशका लागि उच्च प्रदर्शन गरे । उनले ९ खेलमा १५ विकेट लिए । पावरप्ले र डेथ ओभरमा बलिङ गर्ने उनी स्विंग गराउन माहिर छन् । नेपालको यू१९ टोलीबाट खेलिसकेका रिजनले सिनियर टोलीमा पहिलो पटक बन्द प्रशिक्षण हुँदै अन्तिम टोलीमा स्थान बनाएका हुन् ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी

बेन्च : हेमन्त धामी, आकाश चन्द, अनिल शाह, देव खनाल

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.