default_image

2 weeks ago

February 8, 2024

दीपेन्द्रले गल्फ जायन्टसबाट आइएल टि२० खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टसबाट यूएईको आइएल टि२० प्रतियोगिता खेल्ने भएका छन् । दीपेन्द्रलाई क्यानडा सिरिजमा विश्राम दिएसँगै उनले गल्फ जायन्टबाट खेल्ने भएका हुन् । उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् । क्यानका अनुसार गल्फ जायन्टले उनलाई नजिकबाट हेरिरहेको र उनको प्रदर्शनबाट प्रभावित भएर अनुबन्ध गरेको […]

4995 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टसबाट यूएईको आइएल टि२० प्रतियोगिता खेल्ने भएका छन् ।

दीपेन्द्रलाई क्यानडा सिरिजमा विश्राम दिएसँगै उनले गल्फ जायन्टबाट खेल्ने भएका हुन् । उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।

क्यानका अनुसार गल्फ जायन्टले उनलाई नजिकबाट हेरिरहेको र उनको प्रदर्शनबाट प्रभावित भएर अनुबन्ध गरेको बताएको छ । क्यानले दीपेन्द्रलाई सफलताको शुभकामना दिएको छ ।

दीपेन्द्रले पनि अवसरको सक्दो सदुपयोग गर्ने बताए । उनले भने, ‘म गल्फ जायन्टको हिस्सा हुन पाउँदा खुसी छु । यो मेरो लागि राम्रो अवसर हो र टोलीको लागि सक्दो योगदान गर्ने प्रयास गर्नेछु । मेरो क्षमतामा विश्वास गरेकोमा टोलीलाई धन्यवाद ।’

गल्फ जायन्टले अब लिगमा २ खेल खेल्न बाँकी छ । आज एमआइ इमिरेट्ससँग खेलेपछि शनिबार अबुधाबी नाइट राइडर्ससँग खेल्नेछ । तेस्रो स्थानमा रहेको टोलीको ८ खेलमा ८ अंक छ । शीर्ष ४ टोलीले प्लेअफ यात्रा तय गर्नेछन् ।

February 22, 2024

नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा-११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक […]

February 22, 2024

क्यानडा-११ लाई नेपाल ए को सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको सामान्य योगफल खडा गरेको छ । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० […]

February 22, 2024

आशुतोष र सुजनसहित नेपाल ‘ए’ को ४ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले क्यानडा-११ विरुद्ध जारी एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा ४ परिवर्तन गरेको छ । क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिँदा नेपाल पहिलो ब्याटिङ गर्दैछ । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी […]

Success

Thank you for your time.