default_image

2 years ago

February 8, 2024

सच्चा समर्थकले जिताएको खेल

3638 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

‘अन्तिमका ४-५ जना ब्याटर समर्थकको हल्ला र समर्थन देखेपछि दबाबमा थिए । हामी यहाँ खेल्न आएको यस्तै अवस्थाको सामना गर्न हो । आशा छ यो अनुभवले उनीहरु सिक्नेछन् ।’

क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपालविरुद्ध ७ रनको हारपछि नेपाली समर्थकमाझ खेल्दा आफ्नो टोलीमा परेको असरबारे खुलेर बोले । एक समय सहज जिततर्फ उन्मुख देखिएको क्यानडालाई नेपालको पार्ट टाइम बलरहरुको कसिलो बलिङले समस्या दिएको थियो । कप्तान रोहित पौडेल र अलराउन्डर पवन सर्राफको स्पेलले नेपाल खेलमा फर्किएको थियो ।

३३ औं ओभरमा क्यानडा १७३-३ को अवस्थामा थियो । खेलमा बायाँ हाते निकोलस किर्तन र हर्ष ठाकरबीच साझेदारी पनि जमेको थियो । लाग्थ्यो क्यानडा यहाँबाट सहज जित निकाल्नेछ । दर्शकदिर्घामा पनि चोभार एण्डबाट बिस्तारै मूल गेट तर्फ सोझिने समर्थकको संख्या देखिन थालेको थियो ।

कुशल मल्लले हर्ष ठाकरलाई बोल्ड गरेपछि टियु मैदानमा लामो विश्रामपछि समर्थकको हल्ला सुनियो । बायाँ हाते किर्तनले कुशल मल्ललाई सहजै रोक्न थालेपछि ३८औं ओभरमा रोहित आफैं बलिङमा आए । उनले श्रेयसलाई सोमपालको हातबाट क्याच गराए । त्यसको ३ ओभरपछि रन जोड्न संघर्ष सुरु भएको क्यानडाले सर्वाधिक योगदान दिएका किर्तनलाई पनि गुमायो ।

अघिल्लो ओभरमा चोभार एण्डका दर्शकबाट आलोचनाको हुटिङ्ग सुन्नुपरेका पवन सर्राफले किर्तनलाई बोल्ड गरे । त्यसपछि नेपालले खेलमा पकड जमाउन थाल्यो । र त्यसमा १२ औं खेलाडीको रुपमा समर्थकले निरन्तर साथ दिए ।

एज लागेर २ चौका जानुबाहेक ३५ ओभरपछि क्यानडाले आक्रामक सट खेल्ने आँट नै गरेन । सर्कलबाहिर फिल्ड खोलेर ३० यार्डमा रहेका फिल्डर पनि सर्कलमा राखेर कप्तान रोहितले क्यानडाका खेलाडीलाई लोभ्याए । तर सिंगल लिन पनि क्यानडाका तल्लोक्रमका खेलाडी हतास देखिए । हरेक प्रयासमा समर्थकको आवाजसँगै तीव्र गतिमा नेपाली फिल्डर बलसम्म पुगिरहेका थिए ।

अन्तत: दबाबको सामना गर्न नसक्दा एकपछि अर्को विकेट खस्यो । प्रशिक्षक पुबुदु आफैंले पनि खेलपछि त्यो स्वीकारे । आफ्नो टोलीले समर्थकको दबाब थेग्न सकेन । यतिमात्र होइन उनले डगआउटमा रहँदा नेपालको फिल्डिङ देखाउँदै आफ्नो टोलीलाई यसबाट सिक्न भनेको पनि बताए ।

नेपालको लागि समर्थकको साथ सधैंजसो रहने गरेको छ । क्यानडाविरुद्ध खेलमा भने एक समय दर्शकदिर्घामा समस्या पनि देखियो । पहिलो इनिङ चलिरहँदा चोभार एण्डतर्फ दर्शक र प्रहरीबीच असामान्य परिस्थिति सिर्जना भयो । खेलको सुरुवातदेखि चोभार एण्डको एक समूहमा सन्दीप लामिछानेको नाम लिएर नाराबाजी चलिरहेको थियो । तर त्यसै भिडमा रहेका केहि व्यक्तिले एक्कासी आवेशमा सुरक्षाकर्मीमाथि नै हातपातको प्रयास गरे ।

दर्शकदिर्घालाई उत्तेजित पार्ने लक्ष्यसहित आएको केहि व्यक्तिको संख्यालाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्यो । सामाजिक संजालमा पटक पटक विभिन्न विषयमा सामाजिक अभियन्ता भन्दै प्रस्तुत गर्ने व्यक्तिहरुले दर्शक दिर्घालाई उत्तेजित पार्दै प्रहरीविरुद्ध आक्रमण गर्ने प्रयास गरेपछि उनीहरुलाई छुट्यायो । प्रहरी आफैंले ती व्यक्तिको पहिचान गरेर केहि पर लग्यो ।

दर्शकदिर्घामा हल्ला सुरु भएपछि अम्पायर विनय कुमार झाले एकछिन खेल रोके । तर खटिएका सुरक्षा टोलीले सबै ठिक रहेको संकेत दिएपछि केहि मिनेटमै खेल पुन: सुरु भयो । खेल चल्दा नै स्कोरबोर्ड रहेको पूर्वी कुनामा लगातार दर्शकको नाराबाजीपछि पुन: ती अभियन्तालाई समर्थकमाझ छोडियो । त्यसपछि स्थिति सामान्य बन्यो र दर्शकहरु खेलमा फर्किए ।

तर छोडिएका ति अभियन्ताको समूह भने लगातार नाराबाजीमा व्यस्त रहयो । मैदानमा खेल चलिरहँदा त्यो समूहले खेलको चासो नै नराखी लगातार एक झुण्ड भएर दर्शकमाझ अघि बढ्यो । लाग्थ्यो, खेल हेर्न आएका दर्शक भए खेलतर्फ पनि ध्यान दिन्थे । चोभार एण्डबाट मूल गेट हुँदै भीआइपी क्षेत्रतर्फ आएर अभियन्तासहितको समूहले तारबारमा तोडफोडकै प्रयास गर्यो । स्थिति नियन्त्रण गर्न आएको पुलिसमाथि नै आक्रमणको प्रयासपछि ५ जनालाई भने प्रहरीले नियन्त्रणमा लियो । भिडलाई उत्तेजित पार्ने ती ५ जनालाई समाएपछि भने स्थिति पूर्णत सामान्य बन्यो ।

क्रिकेट मैदानभित्र सन्दीप लामिछानेको अदालती मुद्दालाई लिएर खेलको सुरुवातदेखि नै समय समयमा नारा लागेको थियो । तर त्यसमा प्रहरीले कुनै बल लगाएको थिएन । तर ब्यानर प्रदर्शन गर्दै प्रहरीमाथि बोतल प्रहार भएपछि स्थिति सामान्य बनाउन खोज्दा दुई पक्षबीच समस्या आएको थियो । आम समर्थक पनि पटक पटकको असामान्य परिस्थितिबाट आजित भएको देखिन्थ्यो ।

नेपालमा दर्शकको उपस्थितिलाई लिएर सधैं प्रशंसा हुने गरेको छ । तर विगतमा दर्शकदिर्घाबाट भएको हुलदंगाका कारण नेपालले लामो समय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्न पाएको थिएन । मैदान बाहिरको मुद्दालाई उठाएर खेललाई बिथोल्न खोज्दा त्यसको परिणाम नराम्रो पनि हुन सक्थ्यो । तर सुरक्षा प्रशासन र बुझ्झकी समर्थकको कारण नराम्रो स्थिति सिर्जना भएन ।

खेल चल्दै जाँदा क्रिकेटलाई माया गर्ने समर्थक अन्त्यसम्म दर्शकदीर्घामा रहिरहे । नेपालले खेल हार्ने नै अवस्था देखिंदा पनि समर्थक साथ दिइरहे । जसकारण खेलाडीले मैदानभित्र जगाएको झिनो आशामा समर्थकले बल दिँदा नतिजा नै बदल्न सक्ने शक्ति आयो । यसैकारण विपक्षी प्रशिक्षकले पनि नेपाली समर्थकको खुलेर प्रशंसा गरे ।

November 8, 2025

हङकङ सिक्सेस – नेपालको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकाले आज नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपाललाई ३.३ ओभरमा ५८ रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक […]

November 8, 2025

हङकङ सिक्सेस – नेपाल ३.३ ओभरमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेसको आफ्नो दोस्रो खेलमा ५८ रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकाले नेपाललाई ३.३ ओभरमा अल आउट गरेको हो।नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

Success

Thank you for your time.