default_image

2 weeks ago

February 10, 2024

नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेको छ । सेलांगर क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर फिल्ड गर्ने निर्णय लिएकी हुन् । नेपाली टोलीमा पुनरागमन गरेका अलराउन्डर कविता कुँवर र कविता जोशी साथै ब्याटरद्वय डली भट्ट र अप्सरी बेगमले प्लेइङ-११ मा स्थान बनाएका छन् […]

471 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेको छ ।

सेलांगर क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर फिल्ड गर्ने निर्णय लिएकी हुन् । नेपाली टोलीमा पुनरागमन गरेका अलराउन्डर कविता कुँवर र कविता जोशी साथै ब्याटरद्वय डली भट्ट र अप्सरी बेगमले प्लेइङ-११ मा स्थान बनाएका छन् । टोलीको उपकप्तान रहेकी विन्दु रावल भने बेन्चमा छिन् ।

नेपालको प्लेइङ ११:

अप्सरी बेगम, डली भट्ट, सिता रानामगर, इन्दु वर्मा (कप्तान), कविता जोशी, काजल श्रेष्ठ, सम्झना खड्का, रोमा थापा, पुजा महतो, रुविना क्षेत्री, कविता कुँवर

बेन्च : अश्मिना कर्माचार्य, संगीता राई, विन्दु रावल

नेपाल रहेको समूह डी मा भुटान, माल्दिभ्स र हङकङ छन् । कुल १६ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष २ टोली क्वाटरफाइनलमा जानेछन् ।

February 23, 2024

अष्ट्रेलियाद्वारा न्यूजिल्याण्डविरुद्ध टि-२० सिरिज कब्जा

एजेन्सी – न्यूजिल्याण्डमा जारी अष्ट्रेलिया र घरेलु टोलीको बीचको तीन खेलको टि-२० शृंखला पाहुना टोलीले कब्जा गरेको छ । अष्ट्रेलियाले एक खेलमा बाँकी रहँदै शृंखला २-० ले कब्जा गरेको हो । पहिलो खेलमा ६ विकेटको रोमाञ्चक जित निकालेको अष्ट्रेलियाले दोस्रो खेलमा आज ७२ रनको फराकिलो जित दर्ता गर्दै शृंखला जितेको हो । १७५ रनको लक्ष्य […]

February 23, 2024

भारतविरुद्धको चौथो टेस्टमा रुटको शतक

एजेन्सी – भारतविरुद्धको चौथो टेस्टमा पहिलो दिन इङ्ल्यान्ड जो रुटले शतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ७ विरुटले नटआउट १ सय ६ रन बनाएका छन् । ३१ रनमा नटआउट रहँदै ओली रविन्सनले रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको ३१ औं शतक हो । बेन फोक्सले ४७, जोनी ब्रेन्सकेटको […]

February 23, 2024

नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वका लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २ सय ४ रन पछ्याएपनि लक्ष्य पूरा गर्न सकेन । नेदरल्यान्ड्स ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । […]

Success

Thank you for your time.