2 hours ago
December 22, 2025
एजेन्सी – मोर्गन रोजर्सले दुई उत्कृष्ट गोल गरेपछि एस्टन भिल्लाले प्रिमियर लिगमा आइतवार म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ।
भिल्ला यो जितसँगै क्रिसमसअघि लिगको शीर्ष टोली आर्सनल भन्दा ३ अंक मात्र पछाडि रहेको छ।
यो जित एस्टन भिल्लाको सबै प्रतियोगितामा लगातार १०औँ जित हो। प्रिमियर लिगमा लगातार ७ खेल जितेको यो पहिलो पटक हो। भिल्लाले यो उपलब्धि ३६ वर्षपछि हासिल गरेको हो।
भिल्ला पार्कमा खेलको ४५औँ मिनेटमा रोजर्सले सानदार गोल गर्दै भिल्लालाई अग्रता दिलाए। तर पहिलो हाफको इन्जुरी समयमा म्याटी क्यासको गल्तीको फाइदा उठाउँदै म्याथियस कुन्हाले बराबरी गोल गरे ।
दोस्रो हाफ सुरु भएको १२ मिनेटमै रोजर्सले उस्तै सानदार दोस्रो गोल गर्दै भिल्लालाई पुन: अग्रता दिलाए। यसपछि युनाइटेडले केही राम्रो अवसर सिर्जना गर्यो।
चोटका कारण कप्तान ब्रुनो फर्नान्डेस दोस्रो हाफमा मैदान बाहिरिए पनि युनाइटेडले आक्रमण जारी राख्यो। कुन्हाले हेडमार्फत गोल गर्ने राम्रो मौका पाए तर बल गोलपोस्ट नजिकबाट बाहिर गयो।
यो जितपछि उनाइ एमरीको प्रशिक्षणमा रहेको भिल्ला लिग तालिकाको तेस्रो स्थानमा छ। भिल्ला दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंक र शीर्ष टोली आर्सनलभन्दा ३ अंक मात्र पछाडि छ। म्यानचेस्टर युनाइटेड भने क्रिसमसका दिन सातौँ स्थानमा रहनेछ।

December 22, 2025
एजेन्सी – बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई २-० ले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा ४ अंकको अग्रता पुनः कायम गरेको छ। एस्टाडियो दे ला सेरामिकामा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हा र लामिन यामालले गोल गरे। प्रशिक्षक हान्सी फ्लिकको टोलीले सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको थियो। खेलको १२औँ मिनेटमै बार्सिलोनाले अग्रता लियो। सान्ती कोमेसानाले आफैलाई […]
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]