default_image

2 hours ago

December 22, 2025

बार्सिलोनाको जित

151 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई २-० ले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा ४ अंकको अग्रता पुनः कायम गरेको छ।

एस्टाडियो दे ला सेरामिकामा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हा र लामिन यामालले गोल गरे। प्रशिक्षक हान्सी फ्लिकको टोलीले सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको थियो।

खेलको १२औँ मिनेटमै बार्सिलोनाले अग्रता लियो। सान्ती कोमेसानाले आफैलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई राफिन्हाले गोलमा परिणत गरे। त्यसपछि राफिन्हाको अर्को प्रहार क्रसबारमा लागेको थियो।

भिल्लारियलले पहिलो हाफमै बराबरी गोल गरेको जस्तो देखिए पनि जुल्स कुन्डेको आत्मघाती गोल अफसाइडका कारण मान्य भएन।

पहिलो हाफमा ६ मिनेट बाँकी रहँदा यामालमाथि खतरनाक दुई खुट्टाले ट्याकल गरेपछि रेनाटो भेइगालाई सिधै रातो कार्ड देखाइयो । जसका कारण घरेलु टोली १० खेलाडीमा सीमित भयो।

६३औँ मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। वैकल्पिक खेलाडी रोबर्ट लेवान्डोस्कीको प्रहार गोलकिपरले बचाएपछि आएको बलमा यामालले सहजै गोल गरे।

इन्जुरी समयमा बार्सिलोनाले तेस्रो गोल गर्ने अवसर पनि बनायो तर सर्जी कार्डोनाले गोललाइनमै क्लियर गर्दै मार्कस रासफोर्डको प्रयास विफल बनाए।

ला लिगाका अन्य खेलमा एट्लेटिको म्याड्रिडले जिरोनालाई ३-० ले, इल्चेले रायो भालेसानोलाई र रियल बेटिसले गेटाफेलाई‌ समान ४-० ले हरायो।

December 22, 2025

एस्टन भिल्लासँग युनाइटेडको हार

एजेन्सी – मोर्गन रोजर्सले दुई उत्कृष्ट गोल गरेपछि एस्टन भिल्लाले प्रिमियर लिगमा आइतवार म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ। भिल्ला यो जितसँगै क्रिसमसअघि लिगको शीर्ष टोली आर्सनल भन्दा ३ अंक मात्र पछाडि रहेको छ।यो जित एस्टन भिल्लाको सबै प्रतियोगितामा लगातार १०औँ जित हो। प्रिमियर लिगमा लगातार ७ खेल जितेको यो पहिलो पटक हो। भिल्लाले यो […]

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

Success

Thank you for your time.