default_image

8 months ago

February 12, 2024

गण्डकी र कोशीको विजयी सुरुवात

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन आइतबार पोखरा रंगशालामा समूह ए अन्तर्गत गण्डकीले कर्णालीलाई सुपर ओभरमा हराएको थियो । सोही समूहको अर्को खेलमा कोशीले बागमतीलाई हरायो । दुवै विजयी टोलीले अंक तालिकामा २-२ अंक जोडेका छन् ।

पहिलो ब्याटिङ गरेको गण्डकीले २३.५ ओभरमा अलआउट हुँदै १ सय २० रन जोडेको थियो । रुपेश थापाले ३५ र सरोज खत्रीले ३२ रन जोडेका थिए ।

जवाफमा कर्णालीले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर १ सय २० रन नै जोड्यो । दिपेन्द्र भण्डारीले ४ विकेट लिँदा कर्णालीका विर्जन न्यौपानेले ३७ रन जोडे ।

सुपर ओभरमा कर्णालीले १० रन जोड्दा गण्डकीले ५ बलमा ११ रन जोड्दै जित दर्ता गर्यो ।

दोस्रो खेलमा कोशीले बागमतीलाई ११ रनले हरायो । कोशीले ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । दिपु भुजेलले सर्वाधिक ४४ रन जोडे । बागमतीका दिपेश शाहले ४ विकेट लिए ।

बागमतीले २५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनमात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच घोषित कोशीका दिव्यांश बास्तोलाले ५ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । बागमतीका बुद्धिमान श्रेष्ठले २६ बलमा नटआउट ३४ रन जोड्ने क्रममा १ चौका मात्र प्रहार गरे ।

प्रतियोगिताको समूह ए मा कोशी, बागमती, गण्डकी र कर्णाली छन् । समूह बी मा आयोजकसँगै मधेश, लुम्बिनी र सुदूरपश्चिम छन् । समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल फागुन ७ गते हुनेछ ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.