default_image

8 months ago

February 12, 2024

नेपालले किन पायो ५ अतिरिक्त रन?

8559 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाविरुद्ध जारी तेस्रो ओडीआई खेलमा नेपालले ५ पेनाल्टी रन प्राप्त गरेको छ ।

क्यानडाले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ३२ रन जोडेको थियो । लक्ष्य पछ्याउन आएको नेपालले इनिङ सुरु नहुँदै ५ रन प्राप्त गरेको हो । पहिलो इनिङमा क्यानडाले ब्याटिङ गर्दा भएको गल्तीका कारण नेपालले ५ रन पाएको हो ।

क्यानडाको इनिङमा ४९ औं ओभरको अन्तिम बलमा कप्तान साद बिन जफरले पिचको बीच भागबाट कुदेर रन जोडेपछि नेपालले आफ्नो इनिङमा ५ रन प्राप्त गरेको हो । त्यसअघि पनि सादले चेतावनी पाएका थिए । नियम अनुसार पिचको बीच भागमा (खतरा क्षेत्र) कुद्दा अम्पायरले चेतावनी दिएर पुन: दोहोर्याए विपक्षी टोलीलाई पेनाल्टी रन दिन पाउने प्रावधान छ ।

नेपालले इनिङमा राम्रो सुरुवात गर्दै २ ओभरमा २७ रन जोडेको छ ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.