1 year ago
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको तेस्रो खेल ९ विकेटले जित्दै सिरिज क्लिनस्विप गरेको छ ।
ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर भीम सार्कीले शतक बनाएपछि नेपालले सहज जित दर्ता गरेको थियो । सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
अनिल र भीमको शतकीय इनिङसँगै कीर्तिमानी साझेदारीमा नेपालले सहज जित दर्ता गरेको हो । यसअघि पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको नेपालले ३-० ले सिरिज क्लिनस्विप गर्यो । यसक्रममा नेपालले ३ कीर्तिमान पनि बनायो ।
१. एकै खेलमा दुई शतक
नेपालका लागि अनिल र भीमले शतक बनाउँदै पहिलो पटक ओडीआईको एकै खेलमा दुई शतक बनाए । अनिलले १ सय १२ रनको योगदान दिँदा भीम पनि १ सय १ रनमा नटआउट रहे । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का जोडेका थिए ।
२. अनिल र भीमको कीर्तिमानी साझेदारी
अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
३. पहिलो पटक घरेलु सिरिजमा क्लिनस्विप
नेपालले पहिलो पटक घरेलु सिरिजमा क्लिनस्विप गरेको हो । यसअघि नेपालले ओमानमा भएको पिएनजीविरुद्ध २ खेलको सिरिज २-० ले जितेको थियो । घरेलु भूमिमा भने नेपालले यूएईविरुद्ध ओडीआई सिरिज २-१ ले विजयी भएको थियो ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]