default_image

8 months ago

February 12, 2024

नेपाल भ्रमणका लागि नामिबियाको टोली घोषणा

2754 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाले नेपालमा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ र टि२० त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

जेरार्ड एरास्मसको कप्तानीमा नामिबियाले बलियो टोली घोषणा गरेको छ । टोलीमा दक्षिण अफ्रीकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका स्टार अलराउन्डर डेविड विजा भने समावेश छैनन् । टोलीमा अन्य अधिकांश खेलाडी भने पछिल्लो पटक नेपाल भ्रमणमा आएका नै छन् ।

नामिबियाले भर्खर सम्पन्न यू१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका युवा बलर ज्याक ब्रेसललाई टोलीमा समेटेको छ । उनले नामिबियाबाट यसअघि नै टि२०आई खेलिसकेका छन् ।

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.