default_image

10 months ago

February 13, 2024

रुविनाको शतकमा नेपालको कीर्तिमानी योगफल

4452 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् ।

रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् ।

रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् ।

नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो ।

नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् ।

ओपनर कविता कुँवर तेस्रो ओभरको दोस्रो बलमा शम्मा अलीको बलमा क्याच आउट भइन् । उनले १० बलमा २ चौकासहित १३ रन जोडीन् । लगत्तै कप्तान इन्दु वर्मा पहिलो बलमै क्याच आउट भएकी थिइन् ।

पाँचौ ओभरमा सीता राना मगर ११ बलमा २ चौकासहित १५ रन जोड्दै आउट भइन् । सातौं ओभरमा डली भट्ट ४ बलमा ६ रन जोड्दै पेभेलियन फर्कीइन् । त्यस समय नेपाल 6१-४ को स्थितिमा थियो । नेपालको सुरुवाती ४ विकेट नै क्याच आउट भएको थियो ।

त्यसपछि पुजा र रुविनाले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए । यी दुईले १ सय ६३ रनको साझेदारी गर्दै नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि रचे । माल्दिभ्सकी शम्मा अलीले ३ तथा नाबा नसिमले १ विकेट हात पारे ।

नेपाल २ खेलमा ४ अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोलेको छैन ।

December 4, 2024

नेपाल प्रिमियर लिग – काठमाडौं र कर्णाली खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलोमा पराजित काठमाडौं गुर्खाज र कर्णाली याक्सबीच खेल हुदैछ । आजको पहिलो खेलमा कर्णाली र काठमाडौं खेल्न लागेका हुन् । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो […]

December 3, 2024

कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो मंगलवार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विलियमलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टि ट्वान्टी प्रतियोगिता खेलेका छन् । उनले […]

December 3, 2024

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा मंगलवार नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन […]

Success

Thank you for your time.