default_image

5 months ago

February 14, 2024

नेपाल प्रिमियर कपको सेमिफाइनलमा

2330 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार मलेसियाको बांगीमा भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो । नेपालले अब सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ ।

वर्षाका कारण प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ६.५ ओभरमा पूरा गरेको हो । त्यसअघि कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन जोडेको थियो ।

नेपालका लागि बलिङतर्फ ह्याट्रिक लिएकी सीता रानामगरले ब्याटिङतर्फ १७ रन जोडिन् । त्यस्तै कप्तान इन्दु वर्मा २१ बलमा २२ रन जोड्दै नटआउट रहिन् । कविता कुँवर १ रनमा रनआउट हुँदा कविता जोशीले एक बल खेल्दै चौका प्रहार गरेकी थिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन दिँदै ह्याट्रिक सहित ३ विकेट लिन सफल भइन् ।

सिताले १३औ ओभरमा ह्याट्रिक लिए लिएकी थिइन् । उनले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाएको अवस्थामा आउट गरिन् । तेस्रो बलमा मर्यम ओमार काजल श्रेष्ठद्वारा स्टम्प आउट भईन् । यस्तै चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै सिताले ह्याट्रिक लिन सफल भईन् ।   

यस्तै रुबिना क्षत्रीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिँदा कबिता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिईन् । 

कुवेतका लागि प्रियादाले नै सबैभन्दा धेरै रन प्रहार गरेकी थिइन् । यस्तौ शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३-१३ रन बनाउन सफल भए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकालेको थियो । सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दा अर्को सेमिफाइनलमा यूएई र थाइल्याण्ड खेल्दैछन् ।

फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्ने छन् । एसिया कप २०२४ सेप्टेम्बरमा हुनेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.