2 years ago
February 15, 2024
एजेन्सी – कप्तान रोहित शर्मा र रविन्द्र जडेजाले शतक प्रहार गरेपछि इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो दिन भारतले दमदार सुरुवात गरेको छ । पहिलो दिन बिहीबारको खेल सकिँदा भारतले ५ विकेटको क्षेतिमा ३ सय २६ रन बनाएको छ ।
राजकोटमा टस जितेर ब्याटिङ गरेको भारतले सुरुवातमा भने संघर्ष गर्नु परेको थियो । पहिलो घन्टामालाई ३३ रन बनाउँदा ३ विकेट गुमएको थियो । रोहितले १७ रनमा जीवनदान पाएका थिए । त्यहाँबाट सम्हालिएका रोहितले शतकीय इनिङ खेलेका थिए ।
१ सय ३१ रन बनाएका रोहितले चौथो विकेटका लागि जडेजासँग २ सय ४ रनको साझोदारी गरेका थिए । रोहितको टेस्ट क्रिकेटमा त्यो दसौं शतक हो । ह्यामिस्ट्रिङ समस्याबाट मुक्त भएर फर्केका जडेजालाई पाँचौं नम्बरमा खेलाइरहेको थियो ।
ओपनर रोहित आउट भएपछि सोही खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सरफराज खानले जडेजासँग ७७ रनको साझेदारी गरेका छन् । फस्ट क्लास क्रिकेटमा ७० को औसतमा ब्याटिङ गरेका सरफराजको डेब्यू क्याप दिदा उनका बुवाले भावुक हुँदै आखाँभरी आसु पारेका थिए । रनआउट भएका सरफराजले ६६ बलमा ६२ रन बनाएका थिए ।
जडेजा ९९ रनमा हुँदा एक रनका लागि दौडेका सरफराज रनआउट भएका थिए। त्यसपछिको अर्को बलमा जडेजाले एक रन लिदै शतक पूरा गरेका थिए । सरफराजको विकेट भने इङ्ल्यान्डका लागि उपहार जस्तै भएको थियो । टेस्टमा तेस्रो शतक बनाएका जडेजा १ सय १० रनमा नटआउट छन् । कुलदिप जादबले १ रनमा नटआउट छन् ।
दोस्रो टेस्ट गुमाएका मार्क उडले ३ विकेट लिएका थिए । अर्को विकेट टम हार्टीले लिएका थिए । अर्का ओपनर यशस्वी जैसवाल १० रन, सजत पाटिदार ५ रनमा आउट भएका थिए । शुभमन गिलले खाता नखोल्दै आउट भए । ५ टेस्टको श्रृखंलामा १–१ को बराबरी छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]