default_image

5 months ago

February 16, 2024

न्यूजिल्यान्डद्वारा टेस्ट सिरिज क्लिन स्विप

482 views

0 Bookmark

एजेन्सी – न्यूजिल्यान्डले दक्षिण अफ्रिका विरुद्धको घरेलु टेस्ट शृंखला क्लिन स्विप गरेको छ । दक्षिण अफ्रिकाले दिएको २६७ रनको लक्ष्य न्यूजिल्यान्डले चौथो दिनमा ३ विकेट गुमाएर पूरा गर्यो ।

न्यूजिल्यान्डका लागि केन विलियमसनले १३३ रनको अविजित इनिङ खेले । यस्तै विल यंग ६० रनमा नटआउट रहे । ओपनर टम ल्याथमले ३०, रचिन रभिन्द्रले २० तथा डेभोन कन्वेले १७ रन बनाए । दक्षिण अफ्रिकाका लागि डेन पिइड्टले तीन विकेट लिएका थिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका २ सय ४२ रनमा सिमित भएको थियो । दक्षिण अफ्रिकाका लागि रुआन डे स्वार्डटले सर्वाधिक ६४ रन बनाएका थिए । यस्तै डेविड बेडीनगमले ३९ र सन भोन बर्गले ३८ रन बनाएका थिए । न्यूजिल्यान्डका लागि पहिलो इनिङमा विलियम ओरोउर्कले ४ तथा रचिन रविन्द्रले ३ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङमा ब्याटिङ गरेको न्यूजिल्यान्ड २ सय ११ रनमा समेटियो ।

न्यूजिल्यान्डलाई सस्तैमा समेट्न डेन पिइड्टले ५ विकेट लिएका थिए । यस्तै डेन पिटरसनले ३ विकेट लिए ।न्यूजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै टम ल्याथमले ४० तथा विल यङले ३६ रन बनाए ।

३१ रनको अग्रता साथ दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिका २३५ रन मात्र बनाउन सक्यो । बेडिनगमले ११० रनको शतकीय इनिङ खेल्दा किगन पिटरसनले ४३ रनको योगदान गरे । विलियम ओरोउर्कले दोस्रो इनिङमा भने ५ विकेट लिन सफल भए ।

दुई टेस्ट शृंखलाको पहिलो टेस्ट न्यूजिल्यान्डले २८१ रनको फराकिलो अन्तरले जितेको थियो । घरेलु टि-२० एसए-२० चलिरहेको अवस्थामा दक्षिण अफ्रिकाले कमजोर टोली न्यूजिल्यान्ड भ्रमणका लागि पठाएको छ ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.