default_image

1 year ago

February 18, 2024

क्यानडालाई नेपाल ‘ए’ को मध्यम लक्ष्य

4360 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा २ सय १७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोड्यो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो नम्बरमा आएका राशिद खानले ४० रनको योगदान दिए ।

बसिरले अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । साहब आलम २ रनमा नटआउट रहे ।

ओपनरद्वय अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । आठौं ओभरको पाँचौ बलमा अर्जुन क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए । उनले १४ बलमा ४ रन जोडे ।

पहिलो विकेट खसेपछि भने नेपालको रनगति रोकिएको थियो । १५ औं ओभरमा टिमको स्कोर ५१ रन हुँदा मयन यादव आउट भए । हर्ष ठाकरले मयनलाई कट बिहाइन्ड गराए । उनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे ।

त्यसपछि कप्तान विनोद भण्डारी १८ औं ओभरमा आउट भए । उनी विपक्षी कप्तान सादको बलमा एलबीडब्लू आउट भए । उनले ११ बलमा १ चौकासहित ५ रन बनाए ।

सन्दीप जोरा २४ औं ओभरमा पेभेलियन फर्किए । २५ बलमा २ चौकासहित १४ रन जोडेका उनी शहिद अहमदजाईको बलमा लङ अनमा क्याच आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशीद खानले ६६ बलमा ५ चौकासहित ४० रन जोडे । उनी ३४ औं ओभरमा सादकै बलमा बोल्ड भए । किरण ठगुन्नाले डिलोन हेलिगरको बलमा क्याच आउट हुनुअघि २५ रन बनाए । ३२ बलको सामना गर्दै उनले ३ सुन्दर चौका प्रहार गरे ।

त्यसपछि विवेक र बसिरले ७४ बलमा ५९ रनको साझेदारी गरे । विवेकले ३४ बलमा १ चौका र १ छक्कासहित २१ रन बनाए । उनी सर्ट थर्ड म्यानमा क्याच आउट भए । प्रतिश जिसी ३ बलमा ४ रन जोड्दै मिडविकेटमा क्याचआउट भए ।

क्यानडाका लागि कप्तान सादले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । इश्वरजोत सोधीले २ तथा डिलोन हेलीगर, हर्ष ठाकर र सहिद अहमदजाईले १-१ विकेट हात पारे ।

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि कप्तान विनोद भण्डारी रहेका छन् ।

नेपालले यू१९ टोलीका ओपनर अर्जुन कुमाललाई ओपनरमा खेलाउँदा मधेश प्रदेशका मयन यादव उनको साथमा आएका थिए । त्यस्तै राशीद खान तेस्रो नम्बरमा आएका थिए ।

नेपालको प्लेइङ११ : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

बेन्च : शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी

क्यानडा : आरोन जोन्सन, नवनित धलिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोहि, निखिल दत्त

बेन्च: निकोलस किर्तन, पर्गत सिंह, उदय भगवान सिंह, कालिम साना

June 17, 2025

नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत आज घरेलु टोलीको सामना गर्दैछ । नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुने खेलमा नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ […]

June 17, 2025

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ […]

June 16, 2025

नेपाललाई नेदरल्यान्ड्सको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सबाट १ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोड्यो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले […]

Success

Thank you for your time.