2 years ago
February 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् ।
नेदरल्याण्ड्सले आज नेपालसँगको हारमा खेलेको प्लेइंग ११ मा दुई परिवर्तन गरेको छ । वेस्ली बरेसी र शरिज अहमदको स्थानमा तेजा निदामनुरु र रुलफ भ्यान डर मर्वा आज टोलीमा अटाएका छन् ।
यस्तै नामिबियाले नेपालसँग जित हात पारेको टोलीमा एक परिवर्तन गरेको छ । युवा पेसर ज्याक ब्रासेलको स्थानमा जिन पिएर कोट्जेले टोलीमा स्थान बनाएका छन् ।
नेदरल्यान्ड्स टोली : म्याक्स ओ’डाउड, नोआह क्रोस, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन, तेजा निदामनुरु, रोलफ भान डर मर्व
बेन्च : ओलिभर एलेन्बस, विक्रमजित सिंह, वेस्ली बरेसी, शारिज अहमद,
नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे
बेन्च : मलान क्रुगर, बेन शिकोंगो, सन फौसी, ज्याक ब्रासेल
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]